- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रतिदिन ३० मिनेटसम्म संगीत सुन्नुले क्यान्सरका बिरामीमा दुखाइ कम गर्नसक्ने एक अध्ययनले देखाएको छ । ताइवानका वैज्ञानिकले आफ्नो एक अध्ययनमा यस्तो दाबी गरेका हुन् । शोधकर्ताका अनुसार क्यान्सरको बिरामीले संगीत सुनेको खण्डमा उनीहरुको मस्तिष्कमा यस्तो रसायन पैदा हुन्छ, जुन खुसी र सकारात्मक सोचका लागि आवश्यक हुन्छ ।
बिरामीलाई दैनिक ३० मिनेट संगीन सुनाउँदा उनीहरुको मस्तिष्कमा एडोर्फिन, डोपामाइन र सेरोटोनिनजस्ता हार्मोन उत्पन्न हुन्छ । यसले मानिसलाई खसी महसुस गराउँछन् ।
शोधकर्ताले स्तन क्यान्सरबाट पीडित ६० महीलामा यो अनुसन्धान गरेका थिए । उनीहरुलाई दुई समुहमा विभाजन गरिएको थियो । अनुसन्धानमा परम्परागत तथा शास्त्रीय संगीत सुन्ने महिलामा सकारात्मक प्रभाव देखिएको थियो ।
अनुसन्धानमा संगीत थेरापी पछि बिरामीमा नकारात्मक सोचाइ आउन कम भएको थियो । प्रत्येक वर्ष लण्डनमा ३ लाख ६० हजार र अमेरिकामा १८ लाख मानिस क्यान्सरबाट पीडित हुने गरेका छन् । भारतमा पनि २ करोड २५ लाख क्यान्सर पीडित छन् । क्यान्सरका बिरामीहरुमाथि संगीत थेरापी यसअघि पनि दिइँदै आएको थियो ।