arrow

आगलागी हुँदा होटलमा लाखौंको क्षति, पड्किए आठवटा सिलिण्डर 

logo
प्रकाशित २०७६ असार ५ बिहिबार
fire.jpeg

जनकपुर । जनकपुर उपमहानगरपालिका–२ मा रहेको एक होटलमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ ।

बिहीबार बिहान गोविन्द मिष्ठान्न भण्डारबाट सुरु भएको आगलागी अन्य दुई पसलमा पनि फैलिएर क्षति पुर्याएपछि यतिठूलो क्षति भएको हो । 

प्रहरीका अनुसार बिहान करिब ३ बजेको आसपास आगलागी भएपछि पसलमा राखिएका ८ वटा सिलिण्डर विष्फोट भएको थियो । सियाराम मिष्टान्न भण्डारमा पनि क्षति भएको छ ।

तीन वटा दमकलको सहयोगमा  बिहान करिब ५ बजे आगो नियन्त्रणमा आएको थियो । मानवीय क्षति नभए पनि भौतिक क्षति भने धेरै नै भएको प्रहरीले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ