arrow

सेनाद्वारा नागरिकसँग संवाद

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ असार ५ बिहिबार
sena-sambad.jpg

जनकपुरधाम । नेपाली सेनाले काठमाडौं उपत्यका बाहिर पहिलो पटक नागरिकसँग संवाद  गरेको  छ । धनुषाको महेन्द्रनगर आर्मी ब्यारेक भएको कार्यक्रममा सेना प्रतिको गुनासो , सुझाव र अन्य बिषयमा  छलफल गरेका छन ।

नागरिक समाजका अगुवा , पत्रकार , बुद्धिजिबीले नेपाली सेनामा मधेसी समुदायको प्रतिनिधित्व हुन नसकेको बताएका छन । प्रमुख अतिथि मध्य पुर्बी पृतना प्रदेश नम्बर दुईका पृतनापती उपरथी  नरेश चन्द्र भट्टले नागरिक हरुले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए ।

धनुषाको सिमावर्ती गाउँ खजुरीका मनोज साहले भने ग्रामीण भेगमा नेपाली सेना को अगुवाइमा सर्पदंश उपचार केन्द्र संचालन गर्न माग गरेका छन । कार्यक्रममा करिब दुई दर्जन सहभागीले आआफ्नो बिचार राखेको थियो ।

जनसम्पर्क तथा सूचना निर्देशनालय समारोह महाशाखा पति महासेनानी इश्वर कुमार श्रेष्ठ स्वागत मन्तव्य राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ