arrow

'पुर्वाधार विकास भएमा व्यवसाय सफल'

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७६ असार ५ बिहिबार
Photo_(2).JPG

कपिलवस्तु । प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले व्यसायको विकासको लागी पुर्वाधार विकास रहेको बताएका छन् । तौलिहवा उद्योग वाणिज्य संघले राखेको सुरक्षा प्रमुखहरुको स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

 व्यवसायको लागी पहिलो सडक विस्तार, पार्किङ्ग, सरसफाई जस्ता क्षेत्रको व्यवस्थापन भएमा व्यवसाय गर्न सहजता हुने उनले बताए । साथै श्रेष्ठले पुर्वाधार मध्य सडक पहिलो प्राथमिकतामा रहेको बताउदै सबैको समन्वयमा सडक बिस्तार कार्य अगाडी बढाईने बताए । सडक अतिक्रमण गर्ने र अव्यस्थित पार्किङ्ग गर्नेलाई कडाई गरिने स्पष्ट पार्दै घर बाहिर फोहर फाल्नेलाई कडा कारवाही गरिने बताए ।

नागरिकको सुरक्षा प्राथमिकतामा रहेको बताउदै प्रजिअ श्रेष्ठले व्यवसायीलाई निती नियममा बसे प्रशासन आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताए । उद्योगी व्यवसायीको समस्या समाधान गर्न प्रशासन सक्षम रहेको स्पष्ट पार्दै अपराधबारेका सुचना समयमै दिन प्रहरी उपरिक्षक दिप शम्सेर जबराले व्यवसायी सँग आग्रह गरे । व्यवसायीलाई धाक, धम्की र चन्दाको माग गरिएका अवस्थामा तत्कालै सुचना दिईए आवश्यक कारवाही गर्न प्रहरी सक्षम रहेको उपरिक्षक जबराको भनाई थियो ।

बिगतमा समन्वय अभावले सिमा क्षेत्रका व्यवसायी मर्कामा पर्दै आएको स्मरण गर्दै संघका अध्यक्ष गयादिन कुर्मीले व्यवसायी संघ जोडिएका समस्याका बिषयमा समन्वय गर्न आफुहरु तत्पर रहेको बताए । हरेक समस्यामा व्यवसायी मर्कामा पर्ने गरेको बताउदै व्यवसायीको सुरक्षाको बिषेश व्यवस्थाका लागी उनले स्थानिय प्रशासन सँग माग गरे ।

बिगतमा  सडक बिस्तारको कार्य अगाडी बढे पनि पछिल्लो केहि बर्ष यता रोकिएकाले सो लाई सुचारु गर्न तथा अव्यस्थित पार्किङ्गमा कडाई गर्न कुर्मीले माग गरे । बिगतमा व्यवसायीको अगुवाईमा नगरमा जोडिएका सिसी क्यामरालाई व्यवस्थित गर्न र छेटेका स्थानमा क्यामरा जडान गर्ने कार्यमा आफुहरुले समन्वय गर्ने उनको प्रतिबद्धता थियो   ।

 संघले प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, प्रहरी उपरिक्षक दिप शम्सेर जबरा, उप अनुसन्धान निर्देशक, जयेन्द्र उपाध्याय, प्रहरी नायब उपरिक्षक देबेन्द्र पाण्डे र प्रशासकिय अधिकृत मनोज सैनीलाई स्वागत  गरेको हो ।संघका सदस्य ओम प्रकाश यादव लगायतले मन्तब्य दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ