- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
वीरगन्ज । मधेश आन्दोलनका जिउदो शहीद मुंसी पटेललाई थप उपचारको लागि बिहिबार दिउसो राजधानी लगिएको छ । समाजवादी पार्टी पर्साका जिल्ला अध्यक्ष एवम सांसद प्रदिप यादवको बिशेष पहल र बिरगंज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीको प्रत्यक्ष निगरानीमा जिउदो शहीद पटेललाई बिशेष उपचारको लागि काठमाडौं ट्रमासेन्टमा लगिएको हो ।
बिहिबार बिहान नारायणी क्षेत्रीय अस्पताल पुगनु भएका नगर प्रमुख सरावगीले पटेलको स्वास्थ्य अवस्थाको जानकारी लिदै जिउदो शहीद पटेलको उपचारको लागि काठमाडौं लैजान नगर प्रमुख सरावगीले आफै सबै व्यवस्थापन मिलाएका थिए ।
वीरगन्जबाट काठमाडौं लैजानको लागि एमबुलेन्सको व्यवस्थापनसंगै पटेलका परिवारलाई आर्थिक सहयोग समेत नगर प्रमुख सरावगीले गरेका थिए ।
अर्को तर्फ राजधानीको ट्रमासेन्टरमा विशेष उपचारको भर्ना लगायत सबै सुबिधाहरुको विशेष पहलमा सांसद प्रदिप यादवले व्यवस्थापन मिलाएका छन् ।
मधेस आन्दोलन संघीय समाजवादीपार्टीको नेतृत्वमा त्यति उचाइमा पुगेको बताउदै सांसद यादवले आफुहरु मधेस आन्दोलका शहीदलाई कहिले पनि बिर्सन नसक्ने बताउदै पटेलको उपचारको लागि हदैसम्मको व्यवस्थापन तथा पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
नगर प्रमुख सरावगीसंगै नारायणी अस्पताल पुगेका वडा सदस्य सुशिल साहकानु,नगर प्रमुख सरावगीका राजनैतिक सल्लाहकार मुकेश दिवेद्धी,लगायतको व्यक्तिहरुको उपस्थिती रहेको थियो ।