arrow

योग दिवसमा सन्देशमुलक प्रभातफेरी

स्याङ्जामा पनि मनाईयो विश्व योग दिवस

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ असार ६ शुक्रबार
yog1.jpg

स्याङ्जा । शुक्रबार विश्व योग दिवस संयुक्त राष्ट्रसंघले २०१६ मा  हरेक वर्ष जुन २१ मा विश्व योग दिवस मनाउने घोषणा गरेको दिन । नेपालमा पनि योग तथा आध्यात्मको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विहानैबाट ‘विश्व योग दिवस’ मनाइदै आएको छ ।

विश्व योग दिवसका अवसरमा स्याङ्जामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । पतञ्जली योग समिति स्याङ्जाले विहान वालिङमा प्रभातफेरी गर्नुका साथै विशेष योग साधना शिविर सम्पन्न गरेको छ । पतञ्जली योगपीठ वालिङमा भएको कार्यक्रममा योगका विविध विषयमा पतञ्जली योगपीठ नेपालका गण्डकी प्रदेश प्रमुख दीपक सिग्देलले प्रवचन दिएका थिए । बिहान ५ बजेबाट शुरु भएको योग प्रवचन तथा शिविर ७ बजे सम्म संचालन भएको थियो । योग मानव जीवनका लागि अपरिहार्य विषय भएको भन्दै यसको बारेमा जनमानसमा ज्ञान कम हुनु दुःखद रहेको सिग्देलले बताए । योग साधना गराउदै सिग्देलले भने,“योगको बारेमा पछिल्लो समय निक्कै आकर्षण बढे पनि सोचे जस्तो प्रतिफल हुन सकेन ।” पछिल्लो समयमा देखा परेका विभिन्न रोगबाट बच्न र नीरोगी जीवन जीउनका लागि योग निक्कै फलदायी हुने प्रमुख सिग्देलको भनाई छ ।

शिविरमा बोल्दै वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले स्वस्थ जीवनका लागि योग अपरिहार्य भएको बताए । उनले तनाव, रोग र शोक जस्ता विषयबाट मुक्ती पाउनका लागि नित्य योग साधना गर्न जरुरी रहेको स्पष्ट पारे । हरेक कक्षामा योग कक्षा संचालन गर्नु शुक्रबारको आवश्यकता रहेको खाँणको भनाई थियो । योग शिविर पछि समितिले वालिङ बजारमा विभिन्न नारा सहित प्रभातफेरी निकालेको थियो । योग सिकौ, अरुलाई पनि सिकाऊ, योग गरौ निरोगी बनौ, अल्छी जिवन, रोगी जिवन जस्ता नारा लेखिएको प्लेकार्ड सहित सन्देशमुलक नारा लगाएर प्रभातफेरी र्‍याली निकालिएको समितिका सचिव खगेन्द्रप्रसाद अर्यालले जानकारी दिए । सबैमा यो प्रति जागरुक हो भन्ने चाहाना समितिको हो सचिव अर्यालले भने,“प्रभातफेरी र्‍यालीले नागरिकमा सचेतना हुन्छ भन्ने विश्वास हो ।” त्यसैले सबैलाई दिवसको अबसर पारेर मात्रै होइन सधै योग गर्ने बानी बसालौ र निरोगी बनौ अर्यालले भने ।

पतञ्जली योगपीठका केन्द्रीय सदस्य रघुपति लम्सलालले रोग लागि सके पछि कष्टकर जीवन जीउनु पर्ने अवस्था आउने भन्दै समयमा नै सचेत बनेर योग तथा साधना गर्न जरुरी रहेको बताए । योगले बेफाईदा होईन फाईदा नै हुन्छ भन्दै लम्सालले योगलाई पैसाले किन्न नपर्ने धारणा राखे । पतञ्जली योगपीठ वालिङमा नित्य योग तथा सधाना शिविर सञ्चालन हुंदै आईरहेको छ । आचार्य बालकृष्णको गृह जिल्ला भएकाले योगपिठ भवन समेत वालिङमा रहेको छ । सोही भवनमा दैनिक योग शिविर संचालन हुदै आएको छ । दैनिक विहान ५ वजेबाट ७ वजे सम्म नित्य योग साधना सञ्चालन भईरहेको छ  । दिवसमा साधना शिविरमा पतञ्जली योगपीठ वयरघारीले चेतनामुलक नृत्य प्रस्तुत गरेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ