arrow

सरकार र पार्टीसंग वितृष्णा जागेपछि नेकपा कार्यकर्ताहरु कांग्रेसमा 

logo
प्रकाशित २०७६ असार ८ आइतबार
prakashman6.jpg

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–४ मा नेपाल कम्युनिष्ट पार्टी (तत्कालिन नेकपा एमाले) का भक्तिपुर गाउँ कमिटी उपाध्यक्ष सोमकुमार राना मगरसहित ११ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । 

तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकारको नेतृत्व गरिरहेका बेलामा सरकार र पार्टीप्रति वितृष्णा जागेपछि राना मगरसहित ११ जना काँग्रेसमा प्रवेश गरेका हुन् । 

काँग्रेस ईश्वरपुर ४ का वडा सभापति सोमबहादुर लामाको अध्यक्षतामा आयोजित भेलामा क्षेत्रीय सभापति प्रमोद बराल, नगर सभापति बेचुप्रसाद तिमल्सिनालगायतको उपस्थिति रहेको थियो । 

यसैबीच सर्लाहीको बरहथवा नगरपालिका–१६ निवासी नेपाली काँग्रेसका नेता विनोद खनालकी आमा लक्ष्मीदेवी खनालको १३ औँ दिनको पुण्य तिथीमा शनिबार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । 

पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।



नयाँ