- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बिहीबारदेखि परेको वर्षाका कारण पहिरो जाँदा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । जलवीरेमा आइतबार बिहान ७ बजेतिर पहिरो गएकाले बाटो अवरुद्ध बनेको हो ।
बाटो बन्द भएपछि सयौं गाडीहरु रोकिएका छन् । यात्रुहरु अलपत्र परेका छन् ।
पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।