arrow

धनगढी उपमहानगरको बजेट १ अर्ब ५८ करोड ४ लाख

logo
प्रकाशित २०७६ असार ८ आइतबार
dhangadi-upamahanagar.jpg

धनगढी । धनगढी उपमहानगरपालिकाले आर्थिक बर्ष २०७६/०७७ को बार्षिक नीति, कार्यक्रम तथा बजेट आईतबार चौथो नगरसभामा पेश गरेको छ। धनगढी उपमहानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले नगर सभामा एक अर्ब ५८ करोड चार लाख ४८ हजारको बजेट सहित नीति र कार्यक्रम पेश गरेकी हुन्।

जसमध्ये चालुतर्फ ७६ करोड ३६ लाख रहेको छ भने पुँजीगत तर्फ ८१ करोड ६८ लाख रहेको छ। धनगढी उपमहानगरपालिका १२ मा द्धारिका देवी कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने, युवा लक्षित कृषि कार्यक्रम, भूमिहीनका लागि मौरिपाल, च्याउ खेती, व्यवसायी तरकारी खेती, शहकारी क्षेत्रमा कौशी खेती लगायतका योजना पनि फेरी अटाएका छन्।

पशु क्षेत्रका कार्यक्रमहरु पनि हुवहु सारिएका छन्। नगर क्षेत्रमा व्यवस्थित पशु बधशाला निर्माण गर्ने, बधशालारुको उचित व्यवथापन गर्ने र नियमित अनुगमन गर्ने कार्यक्रहरु पनि आगामी आर्थिक वार्षको नीति तथा कार्यक्रममासमावेस गरिएको छ। चालु आर्थिक वर्ष र आगमी आर्थिक वर्षको लागि ल्याईएको  पर्यटन क्षेत्रका सवै कार्यक्रमहरुको शिर्षक फेरि सारिएको छ।

उद्योग तथा बाणिज्य, सहकारी, समाजिक, शिक्षा, स्वास्थ्य, सास्कृतिक, पूर्वाधार विकास,  वन, वातावरण विपद व्यवस्थापन लगायतका कार्यक्रहरु पनि हुवहु छन्। आगामि आर्थिक वर्षका लागि धनगढी उप–महानगरपालिकाले ल्याएको नीति तथा कार्यक्रम दुर गामी नभएको नगर सभा सदस्यहरुले नै बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ