arrow

भारतले एकतर्फी बनाएको दशगजाको बाँधले एक दर्जन नेपाली गाउँहरु डुबायो

logo
प्रकाशित २०७६ असार ९ सोमबार
duban2.jpg

बाँके । भारतले एकतर्फी बनाएको सडकजस्तो बाँधका कारण दशगजामा नेपाली भूभाग डुबानमा परेको छ । अविरल बर्षाका कारण जिल्लाको पूर्वी–दक्षिणी सीमावर्ती गाउँहरू डुबानमा परेका हुन्। 

पानीको निकासलाई भारतले एकतर्फी बनाएको सडकजस्तो बाँधले रोकेपछि सीमावर्ती नेपाली गाउँहरू डुबानमा परेका हुन्।

नरैनापुर गाउँपालिकाका अध्यक्ष मो इस्तियाक अहमद शाहले भारतले दशगजासँग सटाएर बनाएको सडकजस्तो बाँधका कारण पानीको निकास नहुँदा एक दर्जन गाउँका सय बढी घरहरू डुबानमा परेको बताए। 

उनका अनुसार नरैनापुरको बनियागाउँ, महतनियाँ, मझेरटी, मियाँपूर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहाबपूर्वा, रोशनपूर्वा गाउँहरू डुबानमा परेका छन्। यी गाउँका सय बढी घरहरू डुवानमा परेको र एक दर्जन भत्किएको गाउँपालिकाका अध्यक्ष शाहले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ