arrow

शहिद परिवार र घाइतेलाई दुधालु भैसी

शहिदहरुको बलिदानीकै कारण प्रदेश २ सरकार गठन भएको मन्त्री साह

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ असार ९ सोमबार
bhaisi.jpg

जनकपुरधाम । प्रदेश नम्बर दुई को भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको संयोजनमा सप्तरीको मलेठमा मधेश आन्दोलनका क्रममा शहिद भएकाहरुको परिवारजन तथा घाइते भएकाहरुलाई भैसी वितरण गर्दै कार्यक्रमको सुरुवात गरेको छ ।

प्रदेश नम्बर दुईको सरकारले मधेश आन्दोलनका क्रममा शहिद भएकाहरुको परिवारजन तथा घाइते भएकाहरुलाई आयश्रोत जुटाउन तथा जिविकोपार्जनका लागि एक थान उन्नत जातका दुधालु भैसी वितरण गरेको हो ।
    
२०६२ सालदेखी भएको विभिन्न समयका आन्दोलनका क्रममा प्रहरीको गोली लागेर शहिद तथा घाइते भएका परिवारलाई आयश्रोत जुटाउन मद्दत पुर्याउने उद्देश्यले प्रदेश २ सरकारकारले ल्याएको योजना अनुरुप सप्तरीका १८ जना शहिद परिवार तथा १६ जना घाइते परिवारलाई नगद ३० हजारसहित एक-एक थान उन्नत जातका भैसी प्रदान गरिएको हो ।

दैनिक १० देखी १२ लिटरसम्म दुध दिने उक्त उन्नत जातका भैसीको रेखदेख, गोठ निर्माण, औषधी र आहाराका लागि नगद ३० हजार समेत प्रदान गरिएको मन्त्रालय स्रोतले जानकारी दिए ।उक्त भैसी बितरण कार्यक्रममा प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेश सरकारले शहिदहरुको सम्मान गर्दै उनीहरुको परिवारको लालनपालनका लागि  निम्ति प्रदेश सरकारले सक्दो प्रयास गरिरहेको बताए।

मन्त्री साहले प्रदेश सरकार शहिद परिवारका एक जनालाई रोजगारीको अवसर प्रदान गरेको तथा निकट भविष्यमा उनीहरुको बालबालिकाहरुलाई विशेष छात्रबृति दिने जानकारी दिए । शहिदहरुको बलिदानीकै कारण प्रदेश सरकार गठन भएको तर्क राखदै  मन्त्री साहले आन्दोलनका क्रममा शहिद भएका परिवार र घाइतेहरुलाई प्रदेश सरकार अभिभावक बनेर जिविकोपार्जन गर्ने तर्क राखे ।

प्रदेश २ सरकारले आठवटै जिल्लाका ५८ जना शहिद भएका परिवारजन तथा ६४ जना आन्दोलनका क्रममा घाइते भएका गरि १ सय २२ जनालाई भैसी प्रदान गरिने मन्त्री साहले बताए ।



नयाँ