arrow

फेसबुकमा सूचना राखेको भन्दै वडा अध्यक्षले पिटे इन्जिनियर

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक संजालद्धारा गाउँपालिकामा काम ठप्प, कार्वाही नभए जिल्लामै काम ठप्प पार्ने चेतावनी

logo
प्रकाशित २०७६ असार १० मंगलबार
engineeritiye.jpg

रामेछाप । सुनापति गाउँपालिका २ डिमिपोखरीका वडाअध्यक्ष कमल केसीले वडामा कार्यरत सवईन्जिनियर हिमाल खड्कामाथि हातपात गरेका छन् ।

भुकम्प प्रभावितले पुनःनिर्माणका लागि पाएको दोस्रो किस्ता र तेस्रो किस्ताको निकासा सम्बन्धी  सूचना फेसबुकमा राखेको भन्दै वडा अध्यक्ष केसीले ईन्जिनियर खड्कालाई आइतबार हातपात गरेका हुन् । 

बिना गल्ति जनप्रतिनिधिले इन्जिनियर खड्कालाई अपशब्द प्रयोग गर्दै  निलडाम हुनेगरी कुटपिट गरेका थिए । यसरी जनप्रतिनिधिबाट नै ईन्जिनियर कुटिएकोमा कानुनी कारबाहीको माग गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक संजाल रामेछापले सोमबार एक विज्ञप्ति जारी गरेको छ ।

यसअघि पनि मापदण्ड पूरा नभएको घर पास गराउन दबाव दिने, थर्काउने गरेको र यस प्रकारको गतिविधि पटकपटक गर्दासमेत जनप्रतिनिधि भएकै कारण कानुनी कारबाही नहुँदा केसीको झन् मनोबल बढेको हुँदा केसीलाई कानुनी कारबाही नभएसम्म प्राविधिकहरुले आफ्नो कामकाज ठप्प पार्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । 

सुनापतिमा सोमबारदेखि नै काम ठप्प पारिएको जनाइएको छ भने अबको एकसाता भित्र कानुनी कारबाही नभए जिल्ला भरिनै कामकाज ठप्प पार्ने संजालले जनाएको छ ।

त्यसैगरी  जनप्रतिनिधिले  कर्मचारीमाथि हातपात गरी कानुन हातमा लिन खोजेको र अरुको अस्तित्व जनप्रतिनिधिले स्विकार्न नसकेको देख्दा देशमा छाडातन्त्र मौलाएको  महसुस गरेको समेत विज्ञप्तिमा जनाइएको छ । 

नागरिकको जानकारीका लागि प्रकाशन गरिनु पर्ने सूचनालाई फेसबुकमा राखेको कारण इन्जिनियर कुटिएकोमा घोर भत्सना गर्दै कानुनी कारबाहीको माग गर्दै निकालेको विज्ञप्तिमा राष्ट्रिय पुननिर्माण प्राधिकरण प्राविधिक संजाल रामेछापका संयोजक अरविन्द कुमार महतोले जानकारी दिए ।

  बझाङ जिल्ला खप्तडछान्ना गाउँपालीका ६ निवासी इन्जिनियर खड्का २०७२ सालको विनाशकारी भुकम्प पछिको निजी निवास पुनर्निर्माणको काममा  ३ बर्षदेखि रामेछाप जिल्लाको सुनापति २ डिमिपोखरीमा सवईन्जिनियरको रुपमा कार्यरत छन् ।

खड्काले आफू वडामै बसेर ईमान्दारपुर्वक कामसम्पादन गर्दा गर्दै पनि अध्यक्ष केसीले पटक पटक यस्तो किसिमको गतिविधि गरेको र काम गर्न असजिलो भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ