arrow

विप्लवका कार्यकर्ताद्धारा कावासोती नगरपालिकाका उपमेयरको सरकारी गाडीमा आगलागी 

logo
प्रकाशित २०७६ असार १० मंगलबार
gadi-aago.jpg

नवलपरासी । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले सोमबार राति पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनिया चढ्ने गाडीमा आगजनी गरेको छ ।

कावासोती नगरपालिकाका उपमेयर मर्दनिया चढ्ने लु १ झ ३२१ नं को स्कापियो सरकारी गाडी उनकै घरमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ । 

प्रहरीले अज्ञात समूहले भने पनि विप्लवका कार्यकर्ताहरुले आगजनी पछि छाडेको केही पर्चा पनि घटनास्थलमा भेटिएको जनाइएको छ । मर्दनियाले सरकारी गाडी घरमै लैजाने नगरपालिकाको बाहेक अन्य प्रयोजनमा पनि प्रयोग गर्ने गरेको आरोप लाग्दै आएको छ ।

विप्लवका कार्यकर्ताहरुले उपमेयर मर्दनियालाई यसअघि पनि पत्राचार गरेको र उनले भ्रष्टाचार गरेको, सरकारी सम्पत्ति र साधन स्रोतको दुरुपयोग गरेका जस्ता आरोप लगाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ