arrow

लमजुङ राइनास नगरपालिकाको नगर अधिवेशन विवादमा

logo
प्रकाशित २०७६ असार १० मंगलबार
rines.jpg

लमजुङ । लमजुङको पूर्वी क्षेत्रमा रहेको राइनास नगरपालिकाको अधिवेशन प्रक्रिया नपुर्‍याई सञ्चालन गरिएको छ ।  राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापा र प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र अधिकारीले नगरसभाको प्रक्रिया नै पुरा नगरी नगर परिषद् सञ्चालन गरेका हुन् ।

कार्यपालिका सदस्य र नगरसभा सभासद्सँग छलफल नगरी आफ्ना आसेपासेलाई राखेर नगर अधिवेशन सञ्चालन गरेपछि नगर अधिवेशन विवादमा परेको हो ।
 
नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट नगरपालिका प्रमुख जितेका थापाले १० वडामध्ये ८ वडा जितेको कांग्रेसका वडा अध्यक्ष र सदस्यलाई बेवास्था गरेर नगर अधिवेशन सञ्चालन गरेपछि अधिवेशन नै विवादमा परेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ