arrow

गाउँपालिकाको पत्रपछि माथिल्लो तामाकोशीको साधारण सभा रोकिने सम्भावना

logo
प्रकाशित २०७६ असार १० मंगलबार
upper-tamakoshi.jpeg

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजना रहेको गाउँपालिकाले पत्र लेखेर आयोजनाको साधारण सभा रोक्न माग गरेपछि साधारण सभा रोक्ने सम्भावना देखिएको छ । सोमबार गाउँपालिकाले आयोजनाको नाममा पत्र लेख्दै यस्तो आग्रह गरेको थियो । यसरी पत्र लेख्ने  विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले गाउँपालिकाको पत्र पछि साधारण सभा रोक्ने तयारी गरिरहेको जानकारी आफूलाई प्राप्त भएको जानकारी दिए । 

अध्यक्ष खड्काले यही असार ११ गते बुधबारको लागि बोलाइएको कम्पनीको साधारणसभामा गाउँपालिकालाई खबर नै नगरेको आरोप समेत लगाएका छन् । उनले अनौपचारिक रुपमा अरुकै मुखबाट यस विषयमा आफूले जानकारी पाएको भन्दै स्थानीयसँगको छलफल विना साधारणसभा नगर्नको लागि आग्रह गरेका हुन् । 

खड्काले जारी गरेको विज्ञप्तीमा कम्पनीको पूर्व घोषित मिति २०७६ असार ११ गतेको साधारण सभा बारे ३ दिन अगाडि गाउँपालिकालाई मौखिक रुपमा जानकारी प्राप्त भएको उल्लेख गरेका छन् । अध्यक्ष खड्काले आफ्नो गाउँपालिकाले राष्ट्रिय गौरवको आयोजनाका लागि आवश्यक पर्ने हरेक समस्याको समाधानको लागि पुलको काम गर्दै आएको भएपनि आफूहरुलाई जानकारी नदिई यसरी साधारण सभा आयोजना गरिनु दुखद् रहेको बताएका छन्। 

कम्पनीले साधारण शेयर होल्डरका तर्फबाट निर्वाचित हुने बोर्ड सदस्यहरुको मतदान पनि बुधबार नै गर्र्न लागेको छ । तर, कम्पनीले स्थानीय जनप्रतिनिधिलाई समेत जानकारी नदिई यस्तो साधारण सभा राख्नुले कम्पनीका अधिकारीहरुको नियतबारे समेत शंका गर्ने ठाउँ देखिएको छ । अध्यक्ष खड्काले घोषित मितिका सबै कार्यक्रमहरु तत्कालका लागि स्थगित गरी दोलखामा रहेका गा।पा।,न।पा, विभिन्न संघसंस्था र सरोकारवालाहरुसँग छलफल गरी अर्को मिति तोकी सम्पुर्ण शेयर सदस्यहरुले मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न पनि माग गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ