arrow

बजेट भाषण गर्दागर्दै बेहोस भएकी उपप्रमुख घर फर्किइन्

logo
प्रकाशित २०७६ असार ११ बुधबार
durgadevi.JPG

इलाम ।  गत मङ्गलबार नगरसभामा बजेट पेश गर्दागर्दै बेहोस भएर लडेकी यहाँस्थित सूर्योदय नगरपालिकाकी उपप्रमुख दुर्गादेवी भट्टराईको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।
 
बजेट पेश गर्ने क्रममा उपप्रमुख भट्टराई नगरसभामै लडेपछि उपचारका लागि नगरपालिकाकै फिक्कल हस्पिटलमा उपचारका लागि पुर्‍याइएको थियो ।

लामो समय व्यस्त रहेर काम गरेर खानपानमा ध्यान नदिएका कारण उनको स्वास्थ्य अवस्था कमजोर हुँदा समस्या भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

भट्टराईको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि आरामका लागि अहिले घर फर्किसकेको नगर कार्यापालिका सदस्य ललितदेवी नेपालले जानकारी दिइन् । उनको स्वास्थ्यमा समस्या देखिएपछि आज(बुधबार) सम्म नगरसभासमेत स्थगित गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ