arrow

प्रजातन्त्र सेनानी शर्माको निधनमा दुःख व्यक्त

logo
प्रकाशित २०७६ असार १३ शुक्रबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौँ । नेपाली काङ्ग्रेसले प्रजातन्त्र सेनानी भास्कर शर्माको निधनमा दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शोक विज्ञप्ति जारी गरी काङ्ग्रेस रुपन्देहीका पूर्वजिल्ला सदस्य शर्माको निधनमा दुःख व्यक्त गरेका हुन् । 

लामो समयदेखि निमोनियाबाट पीडित शर्माको ७० वर्षको उमेरमा बिहीबार उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा निधन भएको थियो ।     
     
 देवदह नगरपालिका–३ सुरजपुरा निवासी स्व शर्मा २०३६, २०४६, २०६२÷६३ लगायतका लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय रुपले सहभागी हुँदै आएका थिए । 

स्व शर्माले राजनीतिका साथै सामाजिक र शिक्षाको क्षेत्रमा योगदान पुर्याएका थिए । उनको बिहीबारै देवघाटमा अत्येष्टि गरिएको काँग्रेसले जनाएको छ ।     
     
 पार्टी सभापति शेरबहादुर देउवाले शर्माको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले स्वर्गीय शर्माले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको संगठनमा सक्रिय भूमिका निर्वाह गरेको र उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ