arrow

छोराछोरी भेटन अध्यक्ष हिडे अमेरिका, गाउँपालिकाको बजेट आएन

logo
प्रकाशित २०७६ असार १३ शुक्रबार
KrishnahariShrestha.jpg

धादिङ । अधिकांश स्थानीय तहले असार १० गतेभित्र बजेट सार्वजनिक गरेपनि गल्छी गाउँपालिकाले भने अहिलेसम्म यसबारे छलफल नै गर्न सकेको छैन् ।
    
गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ अमेरिका भ्रमणमा रहेकाले बजेट ल्याउन नसकिएको प्रमुख प्रशासकीय अधिकृत दानबहादुर एडीले बताए।

बजेटको तयारी नगरिकनै छोराछोरी अमेरिका बस्ने भएकाले व्यक्तिगत भेटघाटका लागि अध्यक्ष श्रेष्ठ असार ४ गते अमेरिका गएका हुन् ।

असार २५ गते फकर्ने गरी अमेरिका गएका अध्यक्ष श्रेष्ठले उपाध्यक्षलाई परिषद् गराउने अधिकार नदिएपछि बजेट ल्याउने काम नै रोकिएको हो ।

गत वर्ष पनि सो गाउँपालिकाको बजेट निर्माणमा ढिलाइ भएको थियो । धादिङ जिल्लामा गल्छीसहित रुवीभ्याली, त्रिपुरासुन्दरी, गङ्गाजमुना गाउँपालिका र धुनीबेँसी नगरपालिकाले असार १० गतेसम्म ल्याउनुपर्ने बजेट प्रस्तुत गर्न सकेका छैनन् ।

श्रेष्ठ तत्कालीन नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ