arrow

संविधान बन्यो, स्थिर सरकार बन्यो, खोइ राष्ट्रपतिज्यू मदन भण्डारीको हत्यारा ?

मदन भण्डारीको जन्मदिन : राष्ट्रपतिले अन्तर्वार्तामा आश्वासन दिएपनि अझै पत्ता लागेन हत्यारा

logo
प्रकाशित २०७६ असार १४ शनिबार
Madan-and-Bidhya.jpg.jpeg

काठमाडौं। आज जननेता मदन भण्डारीको जन्मदिन। नेपाली राजनीतिका एक अद्भुत जननेता भण्डारी पार्टीगत रुपमा एमालेका महासचिव भएपनि उनी मुलुककै आशालाग्दा नेताका रुपमा उदाएका थिए।  प्रखरवक्ता मदन भण्डारीको प्रसंशा नगर्ने सायद कोही थिएन। काँग्रेसका जननायक विपी कोईराला र एमालेका जननेता मदन भण्डारी नेपालमा सवैले पुज्ने नेताहरु हुन अहिले पनि। 

तिनै नेता भण्डारीको ६७ औं जन्म जयन्ती शनिबार मनाईंदैछ। २००९ साल आषाढ १४ गते पूर्वाञ्चलको ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा पिता देवीप्रसाद भण्डारी र माता चन्द्र कुमारीको माहिँला छोराको रूपमा क्षेत्री परिवारमा भण्डारीको जन्म भएको थियो। जनताको बहुदलीय जनवाद भन्ने नयाँ राजनीतिक विचारका कारण आम नेपालीको मन मनमा पुग्न सफल भएका उनैको विचारमा अहिले सरकारको नेतृत्व गरिरहेको एक खेमा पूर्व नेकपा एमालेले राजनीति गर्दै आएको। 

२०२८ सालमा पुष्पलालसँगको भेटपछि सक्रिय राजनीतिमा लागेका भण्डारीले पञ्चायत विरोधि आन्दोलनमा देखाएको सक्रियता र शैलीका कारण पनि उनी सबैको प्रिय बने। अन्याय सहन नसक्ने उनको आफ्नै खालको बिद्रोही स्वभाव, विषयवस्तुको उच्चतम् ज्ञानको आधार, साहित्य र सिर्जना मार्फत नविन चिन्तनको विकासले उनलाई बनारसमा सङ्गठित रूपमा क्रियाशील राजनीतिककर्मीहरूसँग नजिकिने वातावरण बनायो। बनारस हिन्दू विश्वविद्यालयमा अध्ययन गर्दादेखि नै उनीभित्र राजनीतिको रस बसिसकेको थियो। उनी २०३० देखि मात्रै पूर्णकालीन कार्यकर्ताको रुपमा सक्रिय भएका थिए।

उनी देशको मुहार फेर्ने खाका र राष्ट्रियताका सवालमा वैचारिक रुपमा सुस्पष्ट थिए। एमालेको महासचिव रहेकै बेला तिनै अद्भुत नेताको रहस्यमय हत्या भयो । वि.सं. २०५० साल जेठ ३ गते चितवनको दासढुङगामा जिप दुर्घटनामा परी उनको निधन भएको थियो। तर त्यो दुर्घटनालाई भने रहस्यमय र मदन भण्डारीको हत्या योजना अनुरुप भएको मानिएको छ। दुर्घटनामा मदनसँगै रहेका एमालेका संगठन विभाग प्रमुख जिवराज आश्रितको पनि निधन भएको थियो। तर जिपका चालक अमर लामा भने दुर्घटनामा परेर पनि जीवितै फर्किन सफल भए। उनको पनि २०६० सालमा रहस्यमय हत्या भयो। ती तीनै जनाको हत्याको रहस्य अझै सम्म पनि पत्ता लागेको छैन।  
 
राष्ट्रपति विद्यादेवी भण्डारीको २०३९ सालमा तत्कालिन नेकपा मालेका महासचिव मदन भण्डारीसित भूमिगत रुपमै विवाह भएको थियो । मदन र विद्यादेवीका दुई छोरीहरु उषाकिरण र निशाकुशुम भण्डारी छन्। विद्याले राष्ट्रपतिको जिम्मेवारी सम्हालेको दिन पनि मदन र विद्याकी जेठी छोरी उषाकिरण भण्डारीले आफ्नो पिताको मृत्युलाई हत्या भएको बताएकी थिईन्। 
 
हत्यारा खोइ राष्ट्रपतिज्यू ?
२०७० सालमा सुवर्ण ओलीद्वारा लिखित पुस्तक मदन भण्डारी : जीवनी र व्यक्तित्व’ लाई दिएको अन्तर्वार्तामा राष्ट्रपति भण्डारीले संविधान नबनेको र स्थिर सरकार नभएकाले हत्याकाण्डको छानविन हुन नसकेको उल्लेख गरेकी थिइन्। सो पुस्तकको १५० औं पृष्ठमा भण्डारीले त्यस्तो बताएकी हुन्। उनले भने जस्तो अहिले गणतन्त्र पनि आएको छ। स्थिर सरकार पनि बनेको छ। त्यसमा पनि उनकै धर्मपत्नी विद्या राष्ट्रपति र सहयोगी ओली शक्तिशाली प्रधानमन्त्री छन्। अब केले मदनभण्डारीको हत्यारा पत्ता लगाउन रोक्यो भन्ने प्रश्न राष्ट्रपति भण्डारी तिर पनि तेर्सिएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ