arrow

अझै ६ लाख मेट्रिक टन चामलको अभाव : यसपाली ९० प्रतिशत भन्दा बढी धान रोप्न सफल हुने

logo
प्रकाशित २०७६ असार १५ आइतबार
Dhan-Ropai.jpg.jpeg

काठमाडौं। धान नेपालको मूख्य बाली हो। नेपालमा  गएको बर्ष १६ लाख हेक्टर जमिनमा धान खेति गरेर ५५ लाख मेट्रिक टन धान उत्पादन भएको थियो। ६१ लाख   मेट्रिक टन हाराहारीमा धान बर्षेनी नेपालको आबश्यकता भएपनि करीब ५, ६ लाख मेट्रिक टन चामलको अभाव रहेको प्रदेश ३ का कृषि सचिव डा योगेन्द्र कार्कीले बताए। नेपालमा शहरमा बस्ने र आम्दानी स्रोत राम्रा भएकाहरुको खासगरी  मसिनो चामल, बासमति र एरोमेटिक चामलप्रति  माग बढिरहेको छ।

उत्पादन भइरहेको चामलको प्रकारहरुभन्दा पनि यी चामलहरु आयातित भएकाले अबका दिनमा यसप्रति हाम्रो ध्यान केन्द्रित हुनुपर्ने धानमा पिएचडि गरेका डा. कार्कीको जोड छ। डा कार्कीले यो बर्ष पनि ढिलो रोपाई सुरु भएपनि उत्पादनमा कमी नहुने दाबी गरे। आगामी दिनहरुमा धानखेतीको प्रबद्धनका लागि वैज्ञानिक यान्त्रिकीकरणलाई बढावा दिनु आवश्यक रहेको स्पष्ट पारे।

धानको उत्पादन र उत्पादकत्व वृद्धिका लागि प्रविधि  र यान्त्रिकीकरणलाई पनि जोड दिनुपर्ने आजको आवश्यकता हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो।

नेपालमा सिंचाई सुबिधा बढदैछ। अहिले नेपालमा ३९ प्रतिशतमा सिंचाईको सुबिधा पुगेको छ। मनसुनमा ढिलाई भएपनि केही प्रतिशत धान रोपाईको क्षेत्र घटेपनि उत्पादकत्वमा कुनै कमी नआउने उनको दाबी छ। नेपालको अभ्यास र प्रबिधिले रोपाई ढिला भएपनि धान उत्पादन बढने देखिन्छ। 

९० प्रतिशत भन्दा बढी धान रोप्न सफल हुने
नेपालमा यसपाली पनि ९० प्रतिशत भन्दा बढी धान रोप्न सफल हुनेमा आशाबादी छ। गएको बर्ष पनि ९० प्रतिशत भन्दा बढी धान रोप्न सफल भएको थियो। त्यसैले यसपाली पनि समयमा मल, बिउ, प्राबिधिक सेवा लगायतका सुबिधा पुर्‍याएर सरकार अग्रसर भएको कृषि मन्त्रालयले जनाएको छ।

यसका लागि नुवाकोट, काभ्रे, सिन्धुली लगायतका जिल्लामा धानको गुणस्तर बढाउन र आबश्यकता अनुसार उत्पादन बढाउनका लागि सरकारले बास्नादार चामलका लागि कार्यक्रम अघि बढाएको छ। सिन्धुलीको दुधौली, चितवनको माडी काभ्रे, नुवाकोट लगायतका स्थानमा धानको गुणस्तर र उत्पादन बढाउनका लागि बिशेष जोड प्रदेश ३ सरकारले गरिरहेको छ।

यसैगरी  सिन्धुलीमा १ सय २१ बिघाजग्गा चक्लाबन्दी गरेर रोपाई सुरु गरिएको छ। सिन्धुलीमै ५० बिघालाई चक्लाबन्दी गर्ने क्रममा १ बिघा बढी जग्गा देखिएको छ। यसले जग्गा प्लटि गर्नेमा निरुत्साहित गरी चक्लाबन्दी गर्दा उर्वरा जमिनको संरक्षण, उत्पादन वृद्धि, किसान र राज्य दुवैको लागि यसले फाइदा नै पुरयाउने बिज्ञहरुको दाबी छ।

धान खेतीमा यान्त्रिकीकरणबाट उत्पादकत्व समेत करिब १५ प्रतिशतले वृद्धि हुने
धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्युनीकरण भन्ने नाराका साथ आज १६ औं राष्ट्रिय धान दिवस मनाइँदैछ। सरकारले हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सवको रुपमा मनाउने गरेको छ। दिवसका अवसरमा बर्दियाको राजापुर नगरपालिकामा मुख्य कार्यक्रम बिशेष रुपमा मनाइएको छ।

कृषिमन्त्री चक्रपाणी खनाल (बलदेव), कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेल, नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का महानिर्देशक टेकबहादुर गुरुङ, सांसदलगायतको टोली कार्यक्रममा सहभागी हुन बर्दिया पुगेको छ। यसैगरी प्रदेशगत रुपमा पनि बिभिन्न कार्यक्रम भइरहेको छ।

१६ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, मूल आयोजक समितिका अध्यक्षसमेत रहेका महानिर्देशक पौडेलले धान खेतीमा यान्त्रिकीकरणबाट उत्पादकत्व समेत करिब १५ प्रतिशतले वृद्धि हुने देखिएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ