arrow

खडेरीबाट तुम्बेवा र कुम्मायकमा खाद्यान्न संकट

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ असार १५ आइतबार
khaderi_photo_6.jpg

पाँचथर । पाँचथरको दक्षिणी भेग तुम्बेवा र कुम्मायक गाउँपालिकामा चलेको खडेरीका कारण यस क्षेत्रमा खाद्यान्न संकट हुने अवस्था देखिएको छ । लगाएको वाली जति खडेरीले सखाप बनाएपछि खाद्यान्न संकट हुने अवस्था देखिएको तुम्बेवा गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए । दुई गाउँपालिका मध्ये तुम्बेवा गाउँपालिकाका सबै वडामा लगाइएको अन्नबाली नष्ट भएको छ  । यस क्षेत्रमा हुने मकै,दलहन अहिले खडेरीका कारण सखाप भएको हो ।

अघिल्लो बर्ष गाउँपालिकाका केही वडामा देखिएको यस्तो खडेरी अहिले गाउँपालिका भर फैलिएको छ । गाउँपालिकाका अध्यक्ष होम थापाले भने–अघिल्लो बर्ष त १, २ र ५ नम्बर वडामा मात्रै यस्तो खडेरी देखिएको थियो । अहिले गाउँपालिकाका सबै वडामा अवस्था उस्तै छ ।

५ वटा वडा भएको गाउँपालिकामा वडा नम्बर २ को चुहाडे, ढुकुरे लगायतका स्थानमा समस्या ठुलो छ । घरपालुवा जनवार नै मर्ने गरिको पानिको अभाव हुने क्षेत्रमा खेतिबालिको कुनै मुल्याङकन नै हुँदैन । मकै, बदाम, बोडी लगायतका अन्न तथा सागसब्जी नष्ट भएपछि कृषकलाई बर्षेनी समस्या हुने गरेको तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले बताए ।

ढुकुरे, देवान गाउँ, थेपाङ, चुहाडे, खैरेनी, पिपले लगायतका गाउँका स्थानिय वढि खडेरीको चपेटामा परेका छन् ।

बैशाखको अन्तिम साता देखी पानि परेको छैन । अघिल्लो बर्ष पनि सोही समयमा लागेको खडेरीका कारण समस्या भएको थियो । यता कुम्मायक गाउँपालिकाको यासोक, स्यावरुम्बा लगायतका क्षेत्रमा पानिको चरम समस्या भएको छ ।

गाउँलेलाई खडेरीका कारण पुगेको क्षती प्रति राहत स्वरुप गाउँपालिकाको तर्फबाट केही राहत बितरणको काम भएको थियो । अहिले पनि केही ठाउँमा बितरण भएको छ तर त्यो प्रभावकारी छैन । गाउँपालिका तहबाट समस्या समाधान गर्न सक्ने अवस्था छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ