arrow

एसईईमा दुई विषय लागेको भन्दै युवकले गरे आत्महत्या

logo
रामबहादुर बि.क,
प्रकाशित २०७६ असार १५ आइतबार
sucide-men.jpg

 बाजुरा । बाजुरा जिल्लामा शुक्रबारबाट बेपत्ता भएका १५ बर्षिया किशोरले एसईईमा फेल भएको भन्दै झुण्डिएर आत्महत्या गरेका छन्  । उनि शनिवार आत्माहत्या गरेको अवस्थामा फेला परेका हुन् ।

 जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जिल्लाको बडिमालिका नगरपालिका वडा नं १ पिनालेखका बुदे कार्कीका १५ बर्षिया छोरा जंग कार्कीले झुण्डिएर आत्महत्या गरेको बताइएको छ ।

एसईई परिक्षामा दुई विषय लागेको भन्दै शुक्रबार विहानबाट वेपत्ता भएका किशोर बायालकाटियामा टोलको नाउली खोला नजिकै गएर अयारको रुखमा झुण्डिएर आत्महत्या गरेको उनका आफन्तले बताए ।

 उनि गाँउको नजिकैमा रहेको जाल्पादेवी माध्यामिक विद्यालयमा अध्ययन गरि एसईई दिएका थिए ।

विहिवार उनले रिजल्टआएपछी दुई विषय लागेको भनेका थिए । तर कुन विषय लागेको छ भन्ने थाहा थिएन,उनि शुक्रबार विहानबाट सम्पर्क विहिन भएको मृतकका आफन्तले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ