arrow

बालुवाको ढिस्कोमा पुरिदा चाखुडीको मृत्यु, तीन जना घाइते

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ असार १६ सोमबार
baluwa_khani_mm.jpg

बझाङ ।  बझाङको बित्थड चिर गाउँपालिका ५ ओसैलमा सोमबार बालुवा खानी भत्केर एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

घटनामा परि मृत्यु हुनेमा बित्थड चिर गाउँपालिका ५ ओसैल घर भएकी बर्ष ३५ की चाखुडी महर रहेकी छन् । घटनामा सोही गाउँका बर्ष ३० की गम्भा महर , बर्ष ३६ की कुटुरी महर र बर्ष २८ का हरिभान महर रहेको बित्थड प्रहरी चौकीका प्रहरी साहायक निरिक्षक धनन्जय जोशीले जानकारी दिए ।

बित्थड चिर गाउँपालिका ५ को स्वास्थ्य चौकीको भवन निर्माणका लागी मजदुरी काम गरि रहेका उनिहरु बालुवा निकाल्न लाग्दा माथीबाट ढिस्को खसेर पुरिएका हुन् ।

 घटना भएको स्थानीयले देखेपछि हतारमा तीन जनालाई बालुबाको ढिस्कोबाट निकालेरे उद्धार गरेका थिए भने एक जनालाई छिटो निकाल्न नसक्दा मृत्यु  भएको थियो ।

 गम्भिर घाईते तीनै जनालाई स्थानिय देउलेख प्राथामीक स्वास्थ्य केन्द्रमा उपचार भइ रहेको छ  । मृतकको पोष्टमाटमका लागी देलेख प्राथमिक स्वास्थ्य चौकीमा ल्याईएको प्रहरीले बताएको छ । उच्च पहाडमा रहेको यस गाउँपालिकामा गिट्टी बालुवाका लागी पहाडका भित्ताहरुबाट बालुवा निकाल्ने प्रचलन रहेको छ ।   

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ