arrow

मलामी गएका चक्रबहादुर सेती नदिमा नुहाउने क्रममा वगेर वेपत्ता

logo
प्रकाश बम,
प्रकाशित २०७६ असार १६ सोमबार
pachhim-seti.jpg

डोटी । सेती नदिमा नुहाउने क्रममा सोमवार दिउँसो वगेर एक जना वेपत्ता भएका छन् ।  छिमेकिको मलामी गएका दीपायल सिलगढी नगरपालिका–७ कुण्जेडीगाउँका  ४० वर्षिय चक्रबहादुर कुण्जेडा नुहाउने क्रममा वगेर वेपत्ता भएका हुन् ।

 छिमेकिको मलामी गएका कुण्जेडा दिउँसो साढे वाह्र वजे तिर सेती नदिमा नुहाउने क्रममा वगेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए । दीपायल सिलगढी नगरपालिका–५ सेती नदी पुल नजिकैबाट उनि बगेर वेपत्ता भएको प्रहरी प्रवक्ता समेत रहेका धामीले बताए।

जिल्ला प्रहरी कार्यालय डोटी, इलाका प्रहरी कार्यालय दिपायल, लडागडा प्रहरी चौकिको टोली र स्थानीयहरुले उनको खोजीकार्य गरीरहेको छ ।

एक बर्षको अवधिमा सेती नदिमा ७ जनाको ज्यान गई सकेको छ भने दुइ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ