arrow

एक दर्जन छात्रामा मास हिस्टेरिया

logo
प्रकाशित २०७६ असार १७ मंगलबार
mass-hysteria.jpeg

लम्की । कैलालीको भजनी नगरपालिका–१ स्थित महुन्याल माध्यमिक विद्यालय भजनीमा अध्ययनरत छात्रामा अनौठो समस्या देखिएको छ ।

बिहानीको विद्यालय समयमा छात्राहरु बर्बराउने, मान्छे नचिन्ने, छट्पटाउने र बेहोस हुने गरेका छन् । कक्षा ७ र ८ मा अध्ययनरत १३ देखि १८ वर्ष उमेर समूहका १२ छात्रा सोमबार बेहोस भएका हुन् ।     
     
उनीहरुको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भएको छ । विद्यार्थीमा कन्र्भसन डिसअर्डर (मास हिस्टेरिया) को समस्या देखिएको भजनी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख वीरेन्द्र सापकोटाले बताए । 

“बढी तनाव तथा दवाबमा पर्दा मानसिकरूपमा यस्तो समस्या आउने गर्दछ ।” सापकोटाले भने, “यस्तो समयमा बढी होहल्ला गर्नु हुँदैन ।

उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्छ ।” स्वास्थ्य केन्द्रमा आएका विद्यार्थीको अवस्थामा सुधार भइरहेको उनले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ