arrow

 राजधानीमा बस र माइक्रो ठोक्किए, १७ घाइते, दुई गम्भीर 

logo
प्रकाशित २०७६ असार १७ मंगलबार
accident-final.jpeg

काठमाडौँ । काठमाडौँको सिनामङ्गलमा सवारी दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन् । मंगलबार बिहान गौशालाबाट कोटेश्वर जाँदै गरेको बा५ख ५१०० नंको माइक्रोबस र कोटेश्वरबाट गौशाला जाँदै गरेको बा१ज ९७६६ नंको बस एकापसमा ठोक्किँदा १७ यात्रु घाइते भएका हुन् ।     
     
घाइतेमध्ये दुई गम्भीर रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले जानकारी दिए ।

घाइतेको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ । 

घाइते हुनेमा १३ पुरुष र चार महिला छन् । 

दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ