arrow

दुई छोरीकी आमा सुष्मितालाई छोडे रोहमनले !

logo
प्रकाशित २०७६ असार १७ मंगलबार
susmita.jpg

काठमाडौं । रहमनले सामाजिक सञ्जाल इन्स्टाग्रामको स्टोरीमा ब्रेकअप भयो भनी पोस्ट गरेका थिए । यसबारे चर्चा चलिरहेको अवस्थामा सुष्मिता सेनले गरेको एक पोष्टले भने उनीहरु अझै प्रेम सम्बन्धमा रहेको पुष्टि गरेको छ ।
 
सुष्मिता सेनले आफ्नो र रोहमनको फोटो पोस्ट गर्दै ‘आई लभ यू’ लेखेकी छिन् । यसले दुईजनाको बीचमा सबै ठीकठाक चलिरहेको स्पष्ट देखिएको छ । यसअघि रोहमनले पनि एक पोस्ट गर्दै उनीहरुको बीचमा कुनै झगडा नभएको बताएका थिए ।

११ जनालाई डेट गरिसकेकी सुष्मिता अहिले भने आफूभन्दा १६ वर्ष कान्छा रोहमनसँग डेटमा छिन् । केही समय पहिला सुष्मिताको भाइ राजीव सेन र चारु आसोपाको विवाहमा यो जोडी एकसाथ देखिएका थिए।

रोहमनले इन्स्टास्टोरीमा एक सानो भिडियो अपलोड गरेका थिए । यो भिडियोमा रोहमनले हातमा एक किताब समाएका थिए । यो किताबमा लेखिएको थियो – मेरो दिललाई तिम्रो साथको घर मिलेको छ । यो भिडियोमा सुष्मिता सेन आफ्ना दुई छोरीको साथमा देखिएकी छिन् ।

ब्रेकअप पोस्टमा रोहमनले सम्बन्धको विषयमा व्याख्या गरेका थिए । उनले सबैभन्दा पहिला आफूलाई प्रेम गर्नु जरुरी रहेको बताएका थिए । उनले आफूले गरेको जस्तै व्यवहार आफ्नो पार्टनरले गरेन भनेर दुःखी हुनु उचित नरहेको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ