arrow

रातमा खसेको पहिरोले नारायणगढ–मुग्लिन सडकअवरुद्ध, सयौं यात्रु अलपत्र

logo
प्रकाशित २०७६ असार १७ मंगलबार
mugling-narayangadh.jpg

मुग्लिन । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । मंगलबार साँझदेखि परेको झरीका कारण नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना– ६ स्थित चार किलोमा राति ९ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पानी परिरहेकोले अहिले तत्काल पहिरो पन्छाउन कठिनाइ भएको छ ।     

सयौं यात्रु अलपत्र परेका छन् । मनसुनमा नारायणगढ–मुग्लिन सडक अवरुद्ध हुँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ