- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतको महाराष्ट्रमा ६ दिनदेखि परेको अविरल वर्षाले थुप्रैको क्षति गरेको छ । ५० को हाराहारीमा मानिसहरुको ज्यान गएको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।
मुम्बई, पुणें, ठाणे, नासिक र रत्नागिरीसमेत गरी थुप्रै इलाकामा असर परेको छ । रत्नागिरीमा मंगलबार राति आएको वर्षाले तिबरे ड्याम फुट्दा करीव ७ गाउँ डुबेका छन् ।
२ जनाको मृत्यु भएको छ भने २४ बेपत्ता भएका छन् । स्थानीय प्रशासनका अनुसार ड्यामको नजिक रहेका १२ घर पानीमा बगेका छन् ।
यसअघि सोमबार र मंगलबारमात्रै महाराष्ट्रमा ३५ जनाको मृत्यु भएको थियो । जसमा मुम्बईमा २३, पुणेमा ६, कल्याण र नासिकमा ३–३ जनाको मृत्यु भएको थियो ।
मलाडमा पर्खाल ढलेर मृत्यु हुनेको संख्या २३ पुगेको छ भने ७३ जना घाइते भएका छन् ।
मौसम विभागले बुधबार पनि भारी वर्षा हुने भन्दै सतर्क रहन आग्रह गरेको छ । मुम्बईमा लगातार ६ दिनको वर्षाले सन् २००५ को बाढीको याद गराएको भारतीय संचार माध्यमले लेखेका छन् ।
मनसुन राजस्थान पुगेको छ भने तीन वटा राज्यमा हाई अलर्ट गरिएको छ ।