- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जावेद जाफरीका छोरा मीजान जाफरीको डेब्यू फिल्म मलालको रिलिज डेट नजिकिँदै गर्दा उनको विषयमा नयाँ समाचारहरु आइरहेका छन् । यससँगै उनको नाम अमिताभकी नातिनी नव्या नवेली नन्दासँग जोडिएको छ ।
मीजानसँग एक च्याट शोमा किस, हुकअप र मार्न मध्ये तीन विकल्प दिइएको थियो । यसका लागि नव्या नवेली नन्दा, सारा अली खान र अनन्या पाण्डेको नाम थियो । यस्तोमा मीजानले नव्या नवेलीलाई विवाहको लागि चुनेका थिए । सारा अली खानलाई हुकअप र अनन्या पाण्डेलाई किलका लागि चुनेका थिए ।
त्यसपछि उनलाई यो रिलेसनशीप स्वीकार गर्नुहुन्छ भनी गरिएको प्रश्नमा उनले मुस्कुराउँदै कोही रिलेसनशीपमा छँदै छैनन् भने किन स्वीकार गरुँ भन्ने जवाफ दिएका थिए ।
यसअघि मीजानले नव्याको कुरामा उनी आफ्नो निकै मिल्ने साथी भएको बताएका थिए । उनी आफ्नी बहिनीको पनि मिल्ने साथी भएको उनले बताएका थिए । उनले आफूहरुको बीचमा कुनै सम्बन्ध नरहेको बताएका थिए ।
मीजानको लुक्सको तुलना रणवीर सिंहसँग पनि हुने गरेको छ । यस विषयमा उनले रणवीरसँगको तुलना आफूलाई राम्रो लाग्ने गरेको तर अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।