arrow

लालूको स्वास्थ्य अवस्था गम्भीर, दैनिक चार अन्डा खुवाइदै

logo
प्रकाशित २०७६ असार २२ आइतबार
lalu-yadav.jpg

काठमाडौं । चारा घोटालाको चार मामिलामा सजाय भोगिरहेका भारतको राष्ट्रिय जनता दलका नेता लालू प्रसाद यादवको स्वास्थ्य अवस्था गम्भीर बन्न पुगेको छ । उनको मिर्गौलाबाट लगातार प्रोटिन लिक भइरहेको छ ।
 
यसबाट बच्न उनलाई दैनिक चार अन्डा दिइने गरिएको छ । राँचीको रिम्समा आफ्नो गम्भीर रोगको उपचार गराइरहेका लालूको एउटा मिर्गौलाले अहिले ५० प्रतिशत काम गरेको छैन । यस्तोमा उनका सहयोगीले उनलाई दैनिक कम्तीमा ४ अन्डा दिने गरेका छन् ।

लालूको उपचार गराइरहेका डाक्टर डीके झाका अनुसार लालू प्रसाद यादवको परीक्षण एक महीनामा एकपटक गराइने गरिएको छ । उनलाई वर्षाको समयमा थप सावधान रहन सचेत गराइएको छ । खानपानकामा विशेष ध्यान दिनुका साथै ताजा भोजनको लागि पनि सुझाव दिइएको छ ।

डाक्टर डीके झाले पछिल्लो समय आँप खाएसँगै लालूको सुगर बढिरहेको छ । यसलाई नियन्त्रण गर्न इन्सुलिन डोज बढाइएको छ । यस्तोमा लालूलाई आँप खान पनि मनाही गरिएको छ । पछिल्लो उनको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ । उनले रक्तचाप स्थिर देखिएको छ ।

चारा घोटलाको मामिलामा आधा सजाय नकाटी जमानतको माग गरिरहेका लालूको याचिकामा जुलाई १२ मा सुनुवाई हुने मिति तोकिएको छ । अहिले लालू साढे तीन वर्षको सजाय काटिरहेका छन् । यस्तोमा उनले आधा सजाय काटिसकेका छन् । यसैलाई आधार बनाएर उनले उच्च अदालतमा जमानतको लागि आग्रह गरेका हुन् ।

शनिवार भने लालूले आफ्नो स्वास्थ्य अवस्था राम्रो रहेको बताएका थिए । सन् २०२० मा हुने बिहारको विधानसभा चुनाव राष्ट्रिय जनता दल तेजस्वी यादवको नेतृत्वमा लड्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ