arrow

सुरक्षित छैनन् क्याफे, एयरपोर्टमा राखिएका फ्रि वाईफाई, कसरी बच्ने ?

logo
प्रकाशित २०७६ असार २३ सोमबार
free-wifi.jpg

काठमाडौं । इन्टरनेटको विस्तार पछिल्लो समय व्यापकरुपमा विस्तार भइरहेको छ । साथै स्मार्टफोनबाट इन्टरनेट चलाउने संख्या पनि उल्लेख्य मात्रामा छ । यस्तोमा फ्रि वाइफाइ पाए झटपट आफ्नो मोबाइलमा कनेक्ट गर्ने धेरैको बानी हुन्छ । तर, यस्तो बानी राम्रो होइन ।

सबै फ्रि वाइफाइ सुरक्षित हुँदैनन् । ह्याकरहरुले वाइफाइ राउकर कन्ट्रोल गर्न सक्छन् र डाटाको प्रयोग के कामका लागि भइरहेको छ भन्ने कुरा थाहा पाउन सक्छन् । यस्तोमा फ्रि वाइफाइ खोजिरहेका मानिसहरु ह्याकरको फन्दामा पर्ने सम्भावना बढी हुन्छ ।

ह्याकरहरुले मिल्दो जुल्दो किसिमको नाम बनाउँछन् । जस्तो कि CAFE_WIFI वा WIFICAFE आदि । यस्तोमा कुनै सही हुन्छ त कुनै नक्कली हुन्छ । यस्तोमा नक्कली फ्रि वाइफाइ पहिचान गर्नु निकै कठिन हुन जान्छ । नक्कली वाइफाइ चिन्न याहाँ केही उपाय दिइएको छ –

१. यदि फ्रि वाइफाइको प्रयोग गर्नु छ भने आफ्नो व्यक्तिगत जानकारी दिनुपर्ने साइट नखोल्नुहोस् । बैंक अकाउन्ट, नागरिकता नम्बर, घरको ठेगानाजस्ता सूचना फ्रिमा बनेक्शन भएको साइटमा दिनु हुँदैन ।

२. नेटवर्क भेरिफाई गर्नुहोस् । कुनै क्याफे, एयरपोर्टजस्ता स्थानमा राखिएको फ्रि वाईफाइ साइटको आधिकारिक लगइन पेज हुन्छ । यदि यो देखिएन भने तपाइँले खोज्नुभएको फ्रि वाइफाइ त्यो नहुन पनि सक्छ ।

३. एचटीटीपीएस वेबसाइट्स मात्र सर्फ गर्नुहोस् । यदि एचटीटीपी मात्रै छ भने सर्फिङ गर्नु खतरानक हुनसक्छ ।

४. एन्टिभाइरसले पनि मोबाइलबाट चोरी हुनसक्ने केही डाटा बचाउन सक्छ । साथै कठिन पासवर्डको प्रयोग गर्नाले पनि ह्याक हुने सम्भावना कम हुन्छ ।

५. भर्चुअल पाइभेट नेटवर्क (भीपीएन)को प्रयोग गर्नुहोस् । सार्वजनिक वाई–फाईमा यसले तपाइँलाई सुरक्षित राख्छ । यसले शुरुको विन्दुदेखि अन्तिमसम्म पनि सुरक्षित राख्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ