- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सत्तारुढ भारतीय जनता पार्टी भाजपालाई आउने चन्दा प्रमुख प्रतिपक्षी कांग्रेस आईलाई भन्दा १७ गुणा बढी भएको खुलेको छ ।
भाजपालाई आर्थिक वर्ष २०१६–१७ र २०१७–१८ मा विभिन्न कर्पोरेट र व्यापारिक घरानाबाट सबैभन्दा बढी ९१५.५९ करोड भारु चन्दा मिलेको छ ।
यो राजनीतिक दलहरुलाई यसरी मिलेको चन्दाको करीव ९३ प्रतिशत हो । एसोसिएशन फर डेमोक्रेटिक रिफम्स एडीआरको रिपोर्ट अनुसार भाजपालाई मिलेको यो चन्दा कांग्रेसको भन्दा १७ गुणाले बढी हो ।
भारतको चुनाव आयोगका अनुसार हरेक आर्थिक वर्षमा २० हजार भन्दा बढी चन्दा मिल्ने पार्टीले आयोगमा जानकारी दिनुपर्ने हुन्छ ।
दुई वर्षको अवधिमा पार्टीहरुलाई १०५९.२५ करोड भारु चन्दा मिलेको तथ्यांक सार्वजनिक भएको छ ।
६ राजनीतिक दलले उक्त चन्दा पाएका हुन् । यसमा कांग्रेसलाई ५५.१८ करोड भारुमात्र चन्दा मिलेको छ ।
कर्पोरेट र व्यापारिक घरानाबाट पछिल्लो ६ वर्षमा ९१.१७ प्रतिशत चन्दा मिलेको पनि खुलेको छ । सबैभन्दा बढी चन्दा दिने कर्पोरेट घरानामा प्रुडेन्ट–सत्या इलेक्ट्रोरल ट्रस्टले दुई वर्षमा ४६ पटक गरी ४२९.४२ भारु चन्दा दिएको छ ।
प्रुडेन्टले ३३ पटक भाजपालाई ४०५ करोड भारु र काँग्रेसलाई १३ पटक गरी २३.९० करोड चन्दा लिएको छ ।
त्यस्तै भद्रम जनहित शालिका ट्रस्ट चन्दा दिने मामलामा दोस्रो नम्बरमा छ । यो ट्रस्टले भाजपा र कांग्रेसलाई १० पटकमा ४१ करोड भारु दिएको छ ।