arrow

वडा सदस्यले तलब सुविधा नलिने

“तलब सुविधाको रकम जेहेन्दार विद्यार्थीको स्वास्थ्य,शिक्षामा लगाउने”

logo
मुरली गोडिया,
प्रकाशित २०७६ असार २५ बुधबार

गुलरिया, बर्दिया । वडा नम्बर ७ का एक वडा सदस्यले राज्यबाट पाउँदै आएको तलब सुविधा आफुले नलिने घोषणा गरेका छन । गुलरिया नगरपालिका वडा नम्बर ७ बाट निर्वाचित वडा सदस्य विनयराज भण्डारीले आफुले पाउँदै आइरहेको तलब सुविधा जेहेन्दार विद्यार्थीहरुको शिक्षा स्वास्थ्यमा खर्च गर्ने घोषणा गरेका छन ।

उक्त वडाका जेहेन्दर तथा गरिब विद्यार्थीहरुको शिक्षा र स्वास्थ्यको अवस्था समास्या जनक रहेको भन्दै वडा सदस्य भण्डारीले सो क्षेत्रको शिक्षा स्वास्थ्यमा तलब सुविधा बापतको सम्पुर्ण रकम खर्चिने बताएका हुन ।

जनप्रतिनिधीहरुको तलबले यहाँको विकास, समृद्धि र जनसेवामा अर्पित गर्न सके मात्र सच्चा जनप्रतिनिधी बन्न सक्छौं भन्ने विश्वास तथा प्रस्ताव पारित गरियोस भनि गुलरिया नगरपालिकाको नगर सभामा समेत पेश गरि सकेको भणडारीले जानकारी गराएका छन ।

गुलरिया नगरका जनप्रतिनिधी हामीले यो प्रस्ताव पारित गर्न सकेमा हामी मुलुक भरिका जनप्रतिनिधीहरुलाई सकारात्मक सन्देश दिन सक्छौ भन्ने मेरो विश्वास छ भनि बुधबार पत्रकारहरु समक्ष जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

देशभरिका जनप्रतिनिधी राज्यको तलब खाने भएकाले जनताको नजरमा जनप्रतिनिधी प्रतिको विश्वास हराएको छ । राज्यको ठुलो धनराशी जनप्रतिनिधीको तलबमा खर्च भएको छ । राजनितीक सेवा नभई पेशामा रुपान्तरण भएको विज्ञप्तीमा जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ