arrow

विपीका उपकुलपति घूस लिँदालिँदै रङ्गेहात पक्राउ

logo
प्रकाशित २०७६ असार २७ शुक्रबार
bpkoirala.jpg

काठमाडौँ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा डा राजकुमार रौनियार र प्रतिष्ठानका डा रामहरि रौनियार रु आठ लाख घूस लिएको आरोपमा पक्राउ परेका छन् ।     
     
 प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशनवापत सेवाग्राहीसँग घूस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले बिहीबार निजहरुलाई घूस रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । 

उनीहरुलाई प्रतिष्ठानको परिसरस्थित उपकुलपति निवासबाट रङ्गेहात नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ