arrow

‘प्रधानमन्त्रीको औषधिकै साइड इफेक्ट होला’

logo
प्रकाशित २०७६ असार २७ शुक्रबार
kp-oli.png

काठमाडौं । समाजवादी पार्टी नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बर्खे अधिवेशनभित्र सरकारले आफ्ना मागहरु सम्वोधन नगरे सरकारबाट बाहिरिने बताएका छन् । 

उनले भने, ‘हामीलाई सरकारले संविधान संशोधन गर्छौं भनेर सरकारमा बोलाएको हो, हामी त्यही कुरेर बसेका छौं, यही बर्खे अधिवेशनभित्रै सम्बोधन नभए सरकार छाड्छौं ।’

उनले पार्टी अध्यक्षद्धय डा बाबुराम भट्टराई र उपेन्द्र यादवबीच कुनै पनि असहमति नभएको दावी गर्दै संविधान संशोधनमा दुवै नेताहरु एक भएको दावी गरे । 

भट्टराई बाहिर रहँदा यादव उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व गरिरहेका छन् । 

श्रेष्ठले आफूहरुलाई फुटाएर राजनीति गर्न खोज्नेहरुको कमी नभएको बताउँदै पार्टी एक ढिक्का भएको दावी गरे । 

केपी शर्मा ओली नेतृत्वको सरकारको काम कार्वाहीप्रति आफ्नो पार्टी सन्तुष्ट नभएको समेत नेता श्रेष्ठले बताएका छन् । 

विषादी फलफूल तथा तरकारी परीक्षणबारे उनले सरकार पूर्णरुपले असफल भएको बताए । उनले भने, प्रधानमन्त्रीको औषधिकै साइड इफेक्ट होला । सगरमाथामै धान फलाउँछु भन्ने र सडकमै विमान अवतरण गराउँछु भन्नेलाई के भन्ने ?’ 

उनले अझ स्पष्ट पार्दै भने, ‘विमानस्थलमा एउटा हेलिप्याड बनाउन नसकेर यो हालत छ । तर सडकमै विमान अवतरण ? यो त औषधिकै साइड इफेक्ट होला ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ