arrow

पाँचथरमै पहिलो पटक पञ्चवर्षीय आवधिक योजना बनाइयो

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ असार २८ शनिबार
panchthar-district1.png

पाँचथर। पाँचथरको याङवरक गाउँपालिकाले जिल्लामै पहिलो पटक प्रथम पञ्चबर्षिय आवधिक योजना शुक्रबार सार्वजानिक गरेको छ। आवधिक योजना सार्वजनिक गर्दे याङवरक गाउँपाकिलाकाका अध्यक्ष लेखनाथ घिमिरेले समृद्ध याङवरक बनाउन सार्वजानिक गरिएको योजना फलदायी हुने बताए।

बिक्रम संवत २०८१ सम्म उपलब्ध स्रोत तथा साधनहरु एवं प्रबिधिको सदुपयोग गरी नागरिक तथा बिकास साझेदारहरुसंग सहकार्य गरेर सामाजिक न्याय, सुशासन, गरिबी निवारण एवं समावेसी बिकास सहितको समावेसी समाज निर्माण गरी समृद्ध तथा नेपालको नमुना गाउँपालिकामा रुपान्तरण गर्ने ५ बर्षे लक्ष्य रहेको गाउँपालिका उपाध्यक्ष कमल कुमारी योङहाङले बताए।

स्थानीयस स्रोत साधनको अधिकतम उपयोग गर्दै आन्तरिक आम्दानीलाई बढाउने देखी प्रदेश र संघीय सरकार मार्फत पाउने सहयोगका आधारमा आङवरकको बिकास अघि बड्ने उनीहरुको भनाई छ। एनएलआर नेपाल संगको सहकार्यमा गाउँपालिकाका प्रत्येक टोलटोलमा पुगेर त्यहाँको बस्तुस्थितिका बारेमा जानकारी लिएपछि योजना सार्वजानीक गरिएको हो।

योजना समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष कमल कुमारी योङहाङका अनुसार कृषि स्वास्थ्य, आन्तरिक पर्यटन, जलस्रोत, भुमि ब्यवस्थापन सहितका आधारमा योजना तयार पारिएको छ। यो ५ बर्षमा संघीय सरकारबाट मात्रै कुल लगानीको ७६ दशमलव २ प्रतिशत आय प्रक्षेपण गरिएको छ। त्यस्तै प्रदेश सरकारबाट ६ दशमलव १ प्रतिशत, तादृ निकायबाट शुन्य दशमलव ८ प्रतिशत, आन्तरिक आय १६ दशमलव ९ प्रतिशत र आन्तरिक राजज्वबाट १५ दशमलव २ प्रतिशत प्रक्षेपण गरिएको छ।

नमुना याङवरक बनाउन गाउँपालिका एक्लै लागेर नहुने गाउँपालिकाले जनाएको छ। संघीय र प्रदेश सरकारले सन् २०२२ र २०२५ सम्ममा प्राप्त गर्ने उदेश्यहरुलाई स्थानीयकरण गरेर योजना तयार पारिएको छ। जिल्लाका आठ स्थानीय तह मध्ये धेरैमा गुरुयोजना समेत बन्न सकिरहेका छैनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ