arrow

बाढीले तीनाउ नदी आसपासका वस्ती जोखिममा, तटवन्ध चुनाबी नारामा मात्रै सिमित

logo
प्रदीप आचार्य
प्रकाशित २०७६ असार २८ शनिबार
tinau-river-flood.jpg

बुटवल । वर्षा सुरु भएसंगै तीनाउ नदी आसपासका वस्तीहरु जोखिममा परेका छन् । तीनाउको बहाव क्षेत्र नजिकै रहेका दर्जन बढी वस्तीका सर्वसाधारणले वर्षाको समयमा जोखिम मोलेर बस्दै आएका छन् ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ११ को तीनाउ आसपासका १४ वटा वस्ती जोखिममा छन् । 

तीनाउ नगर, टप मजुवा, मजुवा, सिराननगर, पवित्रनगर, बिनापाते, प्रगतिनगर, हात्तिसुढ, सिर्जनानगर, सुन्दरनगरलगायतका वस्तीहरु बाढीको जोखिममा छन् ।

बुटवलको तीनाउ पूल मुनी खोलामै रहेको वस्ती सबै भन्दा बढी जोखिममा रहेको र अन्य तीनाउ आसपासका सबै वस्तीहरु बाढीको जोखिममा रहेको स्थानिय चित्रबहादुर थापा बताउछन् ।

२०७४ साल साउन १४ गते तीनाउमा आएको बाढीले टप मजुवाको केही भाग बगाएपछि तीनाउ आसापासका धेरै वस्ती अहिलेसम्म प्रभावित छन् । 

तीनाउ नदीको बाढीका कारण जोखिममा रहेका वस्तीका सर्वसाधारणले नदी नियन्त्रण हुन नसकेका कारण बाध्यताले जोखिम मोलेर बस्नु परेको बताएका छन् । 

समयमा नै तटबन्धन नभएकाले रातभर जागरम बस्नु परेको स्थानीयले दुखेसो छ । तीनाउमा बाढी आउन थालेपछि दुई तिनदेखि रातभर लाइट बाल्दै खोलो हेर्दै जागै बस्न थालेको पवित्रनगरका लक्ष्मण विक बताउँछन् । दिनभर ज्यालादारी कामगर्ने र रातभर खोलो हेरेर बस्ने बाध्यताको अन्त्यका लागि उनले सरकारसंग तटबन्धनको माग गरेका छन् ।

तीनाउको जोखिममा रहेका वस्तीको संरक्षणका लागि आवश्यक पर्ने ठाउंमा तटबन्दन गर्न टोल विकास संस्थाहरुलाई निर्देशन दिइएको बुटवल वडा नम्बर ११ की कार्यवाहक वडाध्यक्ष मायांदेवी दमाई बताउछिन् । उनले तिनाउ आसपासको वस्तीलाई सुरक्षित बनाउनका लागि वडाबाट पहल भैरहेको बताईन् ।

तीनाउ नदी आसापासको क्षेत्रमा लामो समयदेखि बसेको अव्यवस्थित वस्तीलाई व्यवस्थित गर्नका लागि चुनावको बेला राजनीतिक दलले ठूलो मुद्वा बनाउँदै आएका छन् । २०४६ सालको बहुदलीय व्यवस्था आय यतादेखिका हरेक चुनावमा तीनाउ संरक्षण तथा तटबन्धनको मुद्वा बनेपनि अहिलेसम्म प्रभावकारी काम हुन सकेको छैन  ।

राजनीतिक परिवर्तनसंगै नयां संरचना अन्तर्गत बुटवलमै प्रदेश नम्बर पाँचको अस्थायी राजधानी नजिकै रहेका वस्ती बाढीको जोखिममा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ