arrow

सिद्दबाबाको पहिरोले निस्दी ४ मिल्यालका धनबहादुरलाई बगायो, गयो ज्यान                                           

यहि पहिरोले वगाएको थियो सुनारीलाई

logo
सीता डोटेल,
प्रकाशित २०७६ असार २८ शनिबार
pahiro-palpa.jpg

पाल्पा। सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबामा शनिबार दिउँसो खसेको पहिरोले बगाएर निस्दी गाउँपालिका–४, मित्यालका ३१ वर्षिय धनबहादुर सुनारीको मृत्यु भएको छ।

लु ५० प ४६७१ नम्बरको मोटरसाइकलमा बुटवलबाट पाल्पा आउँदै गरेका सुनारीको एक्कासी खसेको ढुंगाले भीरतर्फ धकेलेको थियो ।

पहिरो बुटवल–पाल्पा सडकखण्डअन्तर्गत हेडबक्स र सिद्धबाबाको बीचमा माथिबाट खसेको ढुंगासँगैको पहिरोले करिब साढे दुई बजे उनलाई तिनाउ खोलामा झारेको थियो। उनको शब बेलुका साढे ६ बजे मात्र निकालिएको हो ।

सडकमाथिबाट चट्टान सहितको पहिरो अबेरसम्म आएको दोभान प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक बालबहादुर घर्तीमगरले बताए । दुबै तर्फबाट डोजर र ब्रेकर लगाएर ढुंगा हटाउने प्रयास जारी छ।

सिद्धार्थ राजमार्ग अवरुद्ध भएपछि उक्त क्षेत्रमा सयौँ सवारीसाधन बाटोमै रोकिएका छन् । प्रहरीले राती अवेरसम्म राजमार्ग खुलाउने प्रयास हुने जनाएको छ।

घटनास्थलमा जिल्ला समन्वय प्रमुख दयाराज बस्याल, प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादव, प्रहरी उपरीक्षक दीपेन्द्र जीसी, तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती लगायत पुगेर जानकारी लिएका थिए । उद्दार र सडक खुलाउन पहल गरे पनि ढुंगा ठूला भएकाले निकै गाह्रो भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ