arrow

एकको शव फेला, नौ जना बेपत्ता    

logo
प्रकाशित २०७६ असार २९ आइतबार
dolpa-district.png

डोल्पा । मुड्केचुला गाउँपालिका–१, २ र ३ मा शनिबार पहिरो जाँदा नौ जना बेपत्ता भएका छन् । एक जनाको शव फेला परेको छ ।     
     
 बेपत्ता हुनेमा चार बालबालिका रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए । पानी घट्ट गएका धनरुपा बोहोरा, विचित्र बोहोरा, सारिका बस्नेत, निर्मल बोहोरालगायत बेपत्ता भएका छन् । दिउँसो २ बजे पहिरो गएको हो ।     
     
 पहिरोले वडाध्यक्ष भानुभक्त बोहोरा, जङ्गबहादुर बोहोरा र धर्मराज बोहोराको घर बगाएको छ । वडाध्यक्ष भानुभक्तका दाजु ४३ वर्षीय धनराजको शव फेला परेको छ । 

उक्त ठाउँमा २५ भन्दाबढी घर पहिरोको जोखिमा रहेको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । प्रहरी चौकी इलाको टोली घटनास्थलमा पुगेको छ ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ