arrow

अध्यक्षको घरमा धारा जोड्न प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको प्रयोग

logo
बिष्णुकुमार देवकोटा,
प्रकाशित २०७६ असार २९ आइतबार
pm-duru.jpg

दाङ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको तुलसिपुर उपमहानगरपालिका वडा नं १९ मा व्यापक दुरुपयोग भएको पाईएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष राम बादुर योगीकोको निजी धारासम्म पाईपलाई बिच्छ्याउनका लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत मजदूरहरु खटाईएका हुन् ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत प्रस्तावनामा वडा कार्यालयमा पाइप लाइन खन्ने छ तर त्येसो नगरी योगीले आफुले व्यक्तिगत प्रयोग गर्नका लागि निर्मीत धारामा पाईप लाईन जोड्नका लागि बेलझुण्डी खानेपानीको बासँगढी बाट  नव निर्मित ट्याङ्कीबाट वडाध्यक्षको घरसम्म पाइप लाइन खन्न लागेको एक स्थानीयले बताए ।

 यस बिषयमा वडा नं १९ का वडा अध्यक्ष राम बहादुर योगी संग बुझ्दा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको दुरुपयोग नगरिएको र आफ्नो घरको बाटो भएर सामुदायिक धाराका लागि पाईप जोड्न मजदूरहरु खटाईएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ