arrow

अर्घाखाँचीका कैदीबन्दीलाई पुस्तकालय

logo
प्रकाशित २०७६ असार ३० सोमबार
arghakhachi2.jpg

सन्धिखर्क। अर्घाखाँचीका कैदीबन्दीलाई पुस्तकालयको व्यवस्था गरिएको छ । टिम नेपो नामक संस्थाले  शुक्रबार कारागार कार्यालय, अर्घाखाँचीमा ‘पुस्तक परियोजना’ नामक अभियानको सुरुवात गरेको हो ।

देश भरिका कारागारहरुका कैदी बन्दीहरुको शैक्षिक उन्नति तथा उनीहरुको सामाजिक पुनर्स्थापना हेतुले पुस्तकालय स्थापना तथा शैक्षिक सामग्री वितरण गर्नका लागि ‘पुस्तक परियोजना’ नामक अभियानको सुरुवात गरेको टिम नेपोले जनाएको छ ।

अर्घाखाँची जिल्लामा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आउदो दिनमा पुस्तकालयको उचित प्रयोग, थप आवश्यक पुस्तकहरु थप्ने र पुस्तकहरुको व्यवस्थापनका निमित्त सक्दो प्रयत्न गर्ने प्रतिबध्दता समेत ब्यक्त गरे।

५३ जना कैदिहरुको सहभागीता रहेको थियो पुस्तकालय उद्घाटन क्रममा बोल्नेहरुले अभियानले कारागारलाई सुधारकेन्द्रको रुपमा स्थापना गर्न महत्वपुर्ण भूमिका खेल्ने बिश्वास ब्यक्त गरे । साथै कतिपय महान साहित्यकारहरुको जन्म कारागारबाटै भएको उदाहरण दिदै कैदीबन्दी हरुलाई पुस्तकालयको भर्पुर सदुपयोग गर्न प्रोत्साहन गरे ।

टिम नेपोका संस्थापक अध्यक्ष निगम पौडेलले नेपालका कुल ७४ कारागारहरुमा १८,८८१ कैदीबन्दीहरु रहदै आएकोमा उक्त ७४ कारागारको क्षमता  भने १०,६०८ मात्रै छ भने त्यसमा पनि धेरै कारागारहरुमा पुस्तकालय नै छैनन् । यस अवस्थामा कारागार पुस्तकालय स्थापनाले कैदीबन्दीलाई सकारात्मक सोचको विकास गर्न, सिप मुलक ज्ञान लिन, तथा कारागारमा रहदा आफुलाई सुधारेर समाजमा पुनर्स्थापना गर्ने अवसर पनि दिने भन्दै जीवन उपयोगी पुस्तकहरु पुस्तकालयमा उपलब्ध गराईकाले पुस्तकहरुको उचित प्रयोगको लागि आग्रह गरे।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ