arrow

नगरप्रमुखले धम्की दिएपछि काम छोडेर हिडे अधिकृत काशिराम

logo
प्रकाशित २०७६ असार ३० सोमबार
kasirams.jpg

प्यूठान। जिल्लाको प्यूठान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशिराम गैरेले नगर प्रमुख अर्जुन कुमार कक्षपतिको अनावश्यक दबाब र हस्तक्षेप भएको भन्दै काम छोडेर विभाग र  मन्त्रालय तिर हिडेको बताएका छन् ।

प्यूठान नगरपालिकाका वडा नं १० कोट स्थित बाख्रा पालन  फर्मको ८ लाख ५० हजार रकमको काम ५० प्रतिशत पनि नभएको, अनुगमन समितिले समेत योजना सम्पन्न नभएको निर्णय गरेको अवस्थामा नगर प्रमुखले भुक्तानी दिन जवरजस्ती दवाब दिएको भन्दै नभएको कामको भुक्तानी दिन नसकिने प्रमुख प्रशासकीय अधिकृत गैरेले बताए ।

आ. व. २०७५/०७६ को बार्षिक कार्यक्रम अन्तर्गत प्यूठान नगरपालिका वडा नं. १० कोटमा बाख्रा पालन पकेट क्षेत्र विस्तार गर्ने नगरपरिषद बाट निर्णय भएता पनि लक्षित स्थानमा योजना नदिई नगरप्रमुखले आफ्नो कार्यकर्ता पोस्ने गरि फरक स्थान योजना स्वीकृत गरि दिएको भन्दै स्थानियको बिरोधका बिच काम गरिएको स्थानिय गोबिन्द थापाले जानकारी दिए ।  

तर नगरप्रमुख अर्जुन कुमार कक्षपतिले प्रशासकीय अधिकृत गैरजिम्मेबार भई जानकारी बिना कामछोडेर हिडेको बताएका छन् । गैरेले सो योजनाको रकम भुक्तानीका लागि टिप्पणी समेत उठाएको नगरप्रमुखको भनाई छ ।  प्यूठान नगरपालिकाको आ व २०७५/०७६ को बार्षिक कार्यक्रम अन्तर्गत विभिन्न शाखाको करिब ५५ करोडको योजना थियो ।

योजना सम्पन्न भई भुक्तानी दिन मात्रै करिब १५ करोड रुपैयाँ रहेको प्यूठान  नगरपालिकाका सुचना  अधिकृतले जानकारी दिएका छन् ।  

प्रमुख प्रशासकीय अधिकृत गैरेले नगरप्रमुखका कार्यकर्ताले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई राजनीतिक कारबाही समेत गर्न सक्ने धम्की दिएको र नगरप्रमुखले समेत  कार्यकक्षमै अभद्र व्यवहार गरेकाले आफू असुरक्षित महसुस गरी बिभागमा जाने बताए ।

उनले  शुक्रबार देखि काममा नगएको बताए । तर नगर प्रमुख कक्षपतिले त्यतो केही बिबाध नभएको बताए । उनले प्रशासकीय प्रमुखले अनावस्यक बाहाना बनाएको बताए ।

नगरप्रमुख कक्षपतिले प्युठान जिल्लाको प्युठान नगरपालिकामा तत्कालीन नेकपा माओवादी केन्द्रबाट मेयर जितेका हुन् । 



नयाँ