arrow

सर्तसहित एक घण्टा जेल, एक रुपैयाँ जरिवाना 

logo
प्रकाशित २०७६ साउन १ बुधबार
rule-of-law.jpg

धनगढी । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सामाजिक सञ्जालमा अदालतको मानहानी हुने सामग्री लेखेको भन्दै जिल्ला अदालत कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई तीन दिने शर्तसहित एक रुपैयाँ जरिवाना गरेको छ । 

त्यस्तै अदालतले भण्डारीलाई एक घण्टा जेल सजायको फैसला सुनाएको छ। जिल्ला बार इकाइले २०७५ चैत ४ गते दायर गरेको मुद्दामा जिल्ला न्यायाधीश डा राजेन्द्र आचार्यको एकल इजलाशले गत सोमबार ८४ पृष्ठ लामो फैसला सुनाएको थियो । 

पत्रकार भण्डारीले तीन दिनभित्र तीन शर्त पूरा नगरेमा मात्र उनलाई एक रुपैयाँ जरिवाना र एक घण्टा जेल सजाय तोकिएको हो । 

तीन शर्त–
–अदालतको मानहानी हुनेगरी सामाजिक सञ्जालमा लेखिएका स्टाटस हटाउनुपर्ने
–कानुन व्यवसायी र कानुन व्यवसायीका विरुद्ध अदालतमा आँच आउने कुरा पोष्ट गर्न नहुने 
–आफ्नै सामाजिक सञ्जाल र मिडियाबाट आगामी दिनमा नलेख्ने प्रतिवद्धता व्यक्त गर्ने शर्त

पत्रकार भण्डारीले भने आफूले कुनै गल्ती नै नगरेकाले आफू स्टाटस डिलिट नगर्ने र माफी पनि नमागी अदालतका सबै प्रक्रिया पूरा गर्ने बताएका छन्। 

उनले सर्वोच्च अदालतले पनि फैसला सुनाएमा सजाय भोग्न तयार रहेको उनले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ