arrow

बतासे झर्ना र निल तालको बिकासमा गुरुयोजना

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ साउन १ बुधबार
jharna.JPG

झलारी । आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सफल बन्ने आधार रहेको बतासे झर्ना र निलतालको पर्यटन प्रबर्द्धनका लागि शुक्लाफाँटा नगरपालिकाले गुरु योजना निर्माण गरेको छ ।

कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका ८ स्थित चुरे क्षेत्रमा रहेको बतासे झर्ना र निलतालको प्रबर्द्धन र प्रचारप्रसार गरि पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्न नगरपालिकाले आफ्नो पाँचौ नगर परिषदबाट गुरु योजना निर्माण गरेको हो ।

आर्थिक वर्ष २०७६/०७७ मा नगर क्षेत्रका अन्य बिकास निर्माण संगै पर्यटकीय सम्भावना बोकेका बतासे झर्ना , निलताल लगायतका अन्य सम्पदाहरुको बिकास गरि पर्यटन बिकास र बिस्तारको योजना ल्याइएको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले बताए ।

कृषि ,शिक्षा,स्वास्थ्य ,रोजगार र पर्यटनले फेर्छ शुक्लाफाँटाको मुहार भन्ने नारा आगामी आर्थिक वर्षका लागि तय गरिएको नगर प्रमुख ऐरले बताए ।

शुक्लाफाँटा नगरपालिका स्थित पुर्व पश्चिम राजमार्ग देखि ८ किलोमिटर उत्तर तर्फ चुरे क्षेत्रमा रहेको बतासे झर्ना र निलतालको बिकास गरि पर्या पर्यटनको बिस्तार गरि आर्थिक उपाजर्नमा समेत साहायता पुग्ने भएकाले महत्वका साथ पर्यटकीय गन्तव्य निर्माणमा नगरपालिका लागेको हो ।

आगामी आर्थिक वर्षका लागि शुक्लाफाँटा नगरपालिकाले ५६ करोड ७९ लाख ९१ हजार २०० कुल बजेट मध्य २९ करोड १४ लाख ३३ हजार बजेट बिकास निर्माणका लागि बिनियोजन गरेको नगर प्रमुख ऐरले बताए ।

शुक्लाफाँटा नगरपालिका भित्र रहेका पर्यटकीय महत्वका सम्पदाको समुचित बिकास , प्रबर्धन र प्रचार प्रसार गर्न सकिए नगरपालिकालाई पर्यटन नगरीका रुपमा बढाउन सकिने भएकाले बतासे झर्ना , निलताल , खैरकन्द्रा ताल , कृष्णसार र विभिन्न धार्मिक महत्वका मठमन्दिरहरुको बिकास र प्रचारप्रसार गर्ने योजना बनाइएको नगर प्रमुख दिलबहादुर ऐरले बताए ।

शुक्लाफाँटा वन्यजन्तु आरक्ष र चुरेको आँगनमा रहेको यो नगरपालिका पर्यटकीय सम्भावना र महत्व बोकेको आशलाग्दो क्षेत्रका रुपमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ