arrow

रिजालद्धारा बाढी प्रभावित क्षेत्रको निरीक्षण 

logo
प्रकाशित २०७६ साउन २ बिहिबार
badhi2.jpg

रंगेली । अविरल वर्षका कारण मोरंगको क्षेत्र नं २ को विभिन्न स्थानमा पुगेको क्षतिको सांसद डा मिनेन्द्र रिजालले निरीक्षण गरेका छन् । 
 
सांसद डा रिजालले रतुवामाई नगरपालिका र सुनवर्षी नगरपालिकाको  विभिन्न ठाउमा भएको कटान र क्षतिको निरीक्षण गरेका थिए ।

खोलाको निरीक्षणपछि डा रिजालले खोला नियन्त्रणको समस्या समाधानका लागि सम्वन्धित निकायमा पहल गर्ने बताए ।


उनले मोरङ क्षेत्र नं २ को प्रमुख समस्या निम्ताउने बक्राह , चिसाङ, लोहन्द्रा, मोरीया बक्राह भएकाले त्यसको स्थायी नियन्त्रणको जरुरी रहेको बताए । 

सो क्रममा डा रिजालले स्थानिय बाढीपीडितहरुसंग भोग्नु परेको समस्याबारे जानकारी लिएका थिए । साथै सो क्रममा नेपाली काँग्रेस जिल्ला उपसभापति एवं १नं प्रदेश सांसद शिव नारायण सिंह, जिल्ला सचिव मोदराज घिमिरे, महासमिति सदस्य खडग चोमाङ, क्षेत्रीय सभापति सुमन कुँवर, रतुवामाई नगर प्रमुख रविन राई, सुनवर्षी नगर प्रमुख कालीप्रसाद दास समेतले निरीक्षण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ