arrow

सहयोग खोज्दै दुबै मृगौला फेल भएका बल्वीर

logo
प्रकाशित २०७६ साउन ३ शुक्रबार
balbirs-kidney.jpg

काठमाडौं। दुबै मृगौला फेल भई उपचारत बाग्लुङ ताराखोला गाउँपालिका–१ का बल्वीर कामीले सहयोगको याचना गरेका छन्। दुबै मृगौला फेल भई हाल निदान हस्पिटल (आरोग्य प्रतिष्ठान)ललितपुरमा उपचारत गराइरहेका उनले उपचारका लागि आर्थिक सहयोगको याचना गरेका हुन्।

निदान हस्पिटल आरोग्य स्वास्थ्य प्रतिठानले दिएको रिपोर्ट अनुसार मृगौला प्रत्यारोपण नै उनको  जीवन रक्षाको अन्तिम विकल्प हो । नेपाल सरकारद्वारा विपन्न नागरिक उपचारको लागि सूचीकृत आरोग्य प्रतिष्ठानको शय्यामा लडिरहेका बल्वीरलाई मृगौला प्रत्यारोपणका लागि आर्थिक अभाव छ ।

उनले अपिल जारी गर्दै ‘तपाइँको सहयोग उहाँको जीवन रक्षाका लागि अपरिहार्य र अमूल्य छ’ भनेका छन् । उनलाई  सहयोगका गर्नका लागि छोरा चन्द्र बहादुर कामीको नेपाल बैंक लिमिटेड(बाग्लुङ शाखा)मा रहेको खाता नम्बर ०२२०१००६४०४६५६०००००१ मा सोझै रकम जम्मा गर्न सकिने छ, भने सहयोगका लागि मोबाईल नम्बर ९८६०१२४६४५ र ९८६४४७८५७४ मा सम्पर्क गर्न सकिनेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ