arrow

समाजसेवी सिंहले बनाए दुई वटा प्रतिक्षालय, घामपानीमा राहत

logo
कौरव खत्री ,
प्रकाशित २०७६ साउन ३ शुक्रबार
pratikshalaya.jpg

बाग्लुङ्ग। बाग्लुङ्गका एक समाजसेवी व्यक्तिले छुट्टा छुट्टै स्थानमा दुई वटा प्रतिक्षालय निर्माण गरि दिएका छन् ।

ढोरपाटन नगरपालिका १ बुर्तिबाङ्गमा बस्ने समाजसेवी  धिरप्रताप सिंहले बडिगाड गाँउपालिका ६ भिमगिठे छिस फाँटमा आफ्ना  स्वर्गीय हुजरबुवा कप्तान मेहरसिंह खत्री र स्वर्गीय हजुरआमा हरिकला खत्रीको स्मृतिमा निः शुल्क रुपमा प्रतिक्षालय निर्माण गरिदिएका हुन ।

साथै सोही गाँउपालिका वडा नं.६ को ठूलाबेसीमा स्वर्गीय पिता चुर्णमानसिंह केसी र स्वर्गीय माता तारादेवी केसीको स्मृतिमा पनि निः शुल्क रुपमा प्रतिक्षालय निर्माण गरेका छन् ।

गाँउपालिका वडा नं. ६ का दुई फरक–फरक स्थानमा निर्माण गरिएका प्रतिक्षालयमा मानिसहरुलाई घामपानी दुवै समयमा हिड डुल गर्दा भारी विसानी र बसेर केही समय थकान मेटाउनका लागि निकै सहयोग पुगेको छ । त्यस्तै कुल ६ लाखको लागतमा निर्माण भएका दुई वटा प्रतिक्षालय मध्यपहाडी लोक मार्गको छेउमै रहेका छन् ।

यतिबेला प्रतिक्षालय बनेपछि आम सर्वसाधरण नागरिकहरु हिडडुल गरि आवत जावत गर्दा थकाइ मेटाउने चौपारीको रुपमा प्रतिक्षालयले सहयोग पुर्‍याएको छ । साथै समाजसेवी सिंहले विगत लामो समयदेखि  निरन्तर रुपमा शिक्षा क्षेत्रमा समाजसेवा गदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ