arrow

यो साल पनि बाढीले १०६ घार मौरी बगायो 

logo
प्रकाशित २०७६ साउन ४ शनिबार
mauri.jpg

लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिका–६, स्थित ईलाका वन कार्यालयमा राखिएको १०६ घार मौरी आज बिहान भएको वर्षाको भेलले बगाएको छ । जिल्लाको ईश्वरपुर नगरपालिका–४, सागरनाथका पुराना मौरीपालक किसान हेमराज देवकोटाको ७१ घार र ज्यामिरे मौरीपालक सहकारी संस्था दुम्कीवास, नवलपरासीको ३५ घार मौरी वर्षाको भेलले बगाएको हो । 

बेमौसममा खानेकुरा खुवाएर जोगाइराखेको मौरीमा वर्षाले क्षति पुर्याएपछि किसान निराश भएका छन् । उत्पादन हुने समयमा मौरी बगाउँदा १० लाख बढीको क्षति भएको सागरनाथका मौरीपालक किसान देवकोटाले गुनासो गरे। असार अन्तिम साता भएको भीषण वर्षाले पनि सो स्थानमा चरणका लागि ल्याइएको ५० घार मौरी बगाएको थियो । 

सर्लाहीको उत्तरी भेग र चुरेका विभिन्न वनमा चराउन पुर्याइने मौरी बाढी र वर्षाको भेलले वर्सेनी बगाउने गरेको छ । चरण क्षेत्रको अभावमा मुस्किलले केही किसानले गरिरहेको मौरीपालनमा यसरी हरेक वर्ष समस्या आउँदा यो व्यवसायबाट पलायन हुनेहरु बढेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ