arrow

घट्दै अमेरिकी रवाफ 

logo
प्रकाशित २०७६ साउन ५ आइतबार
decline-us.jpg

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अनुदारवादी स्वभावका छन्। जसको कारण  अमेरिकाको पछिल्ला नीतिहरु पनि अनुदारवादी देखिएका छन्। साथै ट्रम्पले युरोपदेखि एसियासम्मका सबै मुलुकलाई आफ्नो नीतिमा सामेल हुन दबाब दिँदै आएका छन्। उनले केही हदसम्म केही मुलुकलाई आफ्नो सम्झौता मान्न बाध्य बनाएका पनि छन्। 

सामान्य हिसाबमा भन्नुपर्दा ट्रम्पजस्तो राष्ट्रपति पाउँदा अमेरिकाको प्रभाव विश्वभर बढ्नुपर्ने हो। तर, स्वभावले भन्दा पनि विवेकको प्रयोग गरी कसैलाई आफ्नो प्रभावमा राख्न सकिन्छ भन्ने कुरा ट्रम्पमा पनि लागू हुन्छ। पछिल्लो समय अमेरिकाको प्रभाव विश्वभर कमजोर बन्दै गएको स्पष्ट देखिन्छ। 

इरान
सन् २०१५ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले इरानमाथिको प्रतिबन्ध हटाउँदै न्युक्लियर सम्झौता गरेका गरेका थिए। यो सम्झौताको माध्यमबाट इरानसँगको सम्बन्ध सुधारका लागि मध्यपूर्वको स्थायित्वमा जोड दिने उनको योजना थियो। तर, ट्रम्पले इरानसँगको यो सम्झौता अमेरिकाको लागि हानिकारक रहेको बताउँदै यसबाट बाहिरिने निर्णय गरे। त्यसपछि पुनः अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाउने निर्णय गर्‍यो। 

इरानले यो प्रतिबन्धबाट अलिकति पनि विचलित नभई डटेर सामना गर्ने अड्डी कस्यो। अहिले इरान र अमेरिकाबीचको द्वन्द्व चकिँदो अवस्थामा छ। यसै बीचमा इरानले अमेरिकाले सूचना संकलनका लागि पठाएको ड्रोन खसालेको बताएको थियो। त्यसपछि इरानमाथि आक्रमणको लागि पनि ट्रम्पले निर्देशन दिए। तर, अन्तिममा उनले यो निर्देशन फिर्ता लिए। इरानमाथिको प्रतिबन्धको विषयमा अहिले बेलायत र इरानबीच तेल एकअर्काको तेल ट्यांकर कब्जा गर्ने होड चलिरहेको छ।

इरानले अमेरिकाको प्रतिबन्धको बीचमा आफ्नो तेल निर्यात जारी रहने बताउँदै आएको छ। तर, उसले त्यसको स्रोत भने बताएको छैन। बेलायतले गत जुलाईमा सिरिया जाँदै गरेको इरानी तेल ट्यांकर कब्जा गरेको थियो। साथै चीनले पनि अमेरिकाको इरान प्रतिबन्ध नमान्ने निर्णय गरिसकेको छ। यस्तोमा अमेरिकाको प्रतिबन्धको विषयमा नै प्रश्न उठ्नसक्ने सम्भावना अझै पनि देखिन्छ। 

व्यापार युद्ध
ट्रम्प आएपछि अमेरिकाको शुरु गरेको अर्को महत्वपूर्ण कदम व्यापार युद्धको हो। अमेरिकी कम्पनीको विस्तारको लागि अघि सारेको यो योजनाको कारण अहिले उसले अधिकांश मुलुकका केही न केही सामग्रीमाथि आयातकर बढाएको छ। यसले विश्वका धेरै मुलुक अमेरिकासँगको व्यापारयुद्धबाट पार पाउने योजनामा अघि बढेका छन्। यसैबीच चीनले अमेरिकाको व्यापारिक शर्त पूरा गर्न नसक्ने संकेत दिइसकेको छ। यसैबीच उसले अमेरिकाको अनुदार नीतिको मारले व्यापार प्रभावित बनेको भारतसँग अमेरिकाको व्यापारनीति विरुद्ध लड्नमा सहयोगको लागि आग्रह गरेको छ। यसअघि अमेरिकाले भारतसँगको समबन्ध राम्रो रहेको बताउँदै आएको छ। तर, भारतले जवाफमा लगाइएको आयातकर हटाउने सम्भावना नरहेको बताएको छ। यस्तोमा एसियाली मुलुकले अमेरिकाको व्यापार नीतिलाई वेवास्त गर्नसक्ने देखिन्छ। 

यूरोपेली सामग्रीमा पनि अमेरिकाले बढाएको आयातकर तथा एयरबस र बोइङको बीचमा देखिएको विवादको कारण बिस्तारै यूरोपेली मुलुकसँगको अमेरिकाको सम्बन्ध पनि त्यति राम्रो रहन सकेको छैन। अमेरिकाले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेईमाथि प्रतिबन्ध लगाउन अमेरिकाले गरेको आग्रह केही यूरोपेली मुलुकले अस्वीकार गरिसकेका छन्। त्यस्तै जी–७ को सदस्य रहेको इटालीले चिनियाँ महत्वाकांक्षी योजना बीआरआईमा हस्ताक्षर गरेको छ। यसबाट ट्रम्पको कडा स्वभावको बाबजुद उसका सहयोगी मुलुकमा समेत उसको प्रभाव फिका देखिँदै गएको स्पष्ट देख्न सकिन्छ।

रुसको हतियार खरीद 
रुससँगको हतियार खरीद पछिल्लो समय अमेरिकाको अर्को टाउको दुखाइको विषय बन्न पुगेको छ। यसअघि अमेरिकासँग हतियार खरीद गर्दै आएका उसका सहयोगी मुलुकहरु  धमाधम रुसी हतियार खरीद गर्ने दिशामा अघि बढिरहेका छन्। पछिल्लो समय नेटोको सदस्य राष्ट्र टर्कीले समेत रुसी मिसाइल सुरक्षा प्रणाली एस–४०० खरीद गरेको छ। यसबाट पनि अमेरिकाका सहयोगी मुलुकले बिस्तारै उसलाई टेर्न छाडेको आभाष गराएको छ। यसअघि भारतले पनि अमेरिकालाई वेवास्ता गर्दै एस–४०० खरीद गर्ने निर्णय गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ